एमालेमा महेश बस्नेतको लोकप्रियताले जेनजी अभियन्ताहरुलाई दिएको चेतावनी

Dec 18, 2025 03:07 PM mero lagani



एमाले इतर खेमाले समेत एमाले महाधिवेशनमा सर्वाधिक चासोका साथ हेरेका पात्र हुन् -महेश बस्नेत । तिनै बस्नेत सबैभन्दा लोकप्रिय मत (१५४४) का साथ सचिव पदमा विजयी भए ।

उनको विजयलाई राजनीतिक वृतले एमालेले ‘जेनजी आन्दोलनलाई दिएको जवाफ’को रुपमा चित्रण गर्न थालेको छ । किनकी जेनजी आन्दोलनप्रति सबैभन्दा बढी आक्रोश व्यक्त गर्ने र भिड्नको लागि तयार हुने नेता हुन्—बस्नेत ।

 

बस्नेत सहभागि कार्यक्रमलाई विथोल्नको लागि जेनजी समुहले पटक पटक प्रयास गर्दै आएका छन् । पार्टी कार्यक्रममा भाषण गर्न उनी जाने भएपछि केही समय बारामा एमाले र जेनजी समुहबीच  भिडन्त मात्र भएन, रक्तपात हुन नदिन भन्दै प्रशासनले २ दिनसम्म कफ्यु नै लगाउनु पर्यो । विराटनगर र धनगढीमा पनि उनको कार्यक्रम विथोल्न जेनजी समुहले पटक पटक प्रयास गर्यो ।

जेन आन्दोलनका ‘मास्टर माइण्ड’ मानिने सुदन गुरुङ र काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग पनि बस्नेतको पटक पटक ‘तँ तँ—म म’ हुने गरेको छ । खासगरि गुरुङ र बस्नेतले त सार्वजनिकरुपमै पटक पटक एक अर्काेलाई सिध्याइदिने धम्की दिँदै आइरहेका छन् । जेनजीका अन्य समुहका नेताहरु पनि बस्नेतको आक्रमक स्वभावप्रति आपत्ती जनाउँदै आइरहेका छन् ।

यसका बाबजुद एमाले नेता कार्यकर्तामा भने बस्नेत कति लोकप्रिय छन् भन्ने कुरा उनले महाधिवेशनमा ल्याएको भोटले स्पष्ट पार्छ । लोकप्रिय मतसहित बस्नेतले सचिव पदमा जित्नुले जेनजी आन्दोलनलाई ‘एमालेले दिएको जवाफ र चेतावनी’ भएको र आगामी दिनमा दुई पक्षबीचको टकराव थप बढ्न सक्ने आशंका राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।

जेनजी आन्दोलनपछि थला परेको पार्टी पङितमा आत्मबल सृजना गर्न बस्नेतले निडर भएर खेलेको भूमिकाको कारण एमाले यति छिटो बौंरिएको भन्दै अधिकाँश नेता कार्यकर्ताले उनको प्रसंशा गर्ने गरेको पाइन्छ । आफ्नो घर जलेर तहसनहस हुँदा पनि बस्नेत अन्य कतिपय नेता कार्यकर्ताको जस्तो ‘दुला’ पसेनन्, बरु हुँकार भर्दै जेनजीका अगुवाहरुलाई नै चेतावनी दिए ।

उनकै अगुवाईमा ठाउँ ठाउँमा युवा भेलाहरु भए, ‘पिपुल्स भोलिन्टियर’ नामक लडाकु जत्था नै बनाइयो । त्यसले गर्दा धेरै ठाउँमा मुडभेडको अवस्था भए पनि जेनजी आन्दोलन पछि मुर्झाएका एमाले कार्यकर्ताहरुको आत्मबल बढाएको थियो । त्यहीकारण अन्य राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुमा समेत हौसला बढेको र जेनजी समुहको विरुद्ध आवाज उठाउन थालेको देखिन्छ ।

बस्नेतको कतिपय अभिव्यक्ति र एकजना महिलासँगको अन्तरंग सम्वन्धको विषयलाई लिएर आलोचना हुने गरे पनि एमालेलाई बचाउने ‘महेश बस्नेत नै हो’ भन्ने भाष्य नै निर्माण भएको छ । र, यो भाष्य केवल जेनजी विद्रोहको प्रतिकार गरेकोले मात्रै होइन, माओवादी युद्ध उत्कर्षमा पुगेको बेला वाइसिएलको नाममा हुने गरेका आतँकहरु विरुद्धसमेत बस्नेतले नै सबैभन्दा पहिले राजनीतिक र भौतिकरुपमा प्रतिकार शुरु गरेका थिए ।

वाइसिएलको नाममा हुने गरेका उद्योगधन्दाहरुमाथिको चन्दा आतँक रोक्न पनि बस्नेतले निकै सक्रिय भूमिका खेलेका थिए । त्यहीकारण उनी उद्योग व्यवसायीहरुबीच पनि लोकप्रिय बनेका थिए । पछि छोटो समयको लागि उद्योग मन्त्री बन्दा समेत बस्नेतले उद्योगमैत्री नीतिहरु बनाउन र कार्यान्वयन गर्न प्रभावकारी भूमिका खेलेको उद्योगी व्यवसायीहरु बताउँछन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।