चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए ।
उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।
इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ ।
उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उनको निधन भएको हो ।
उनको निधनले संगीत र चलचित्र क्षेत्रमा शोकको छायाँ लागेको छ। परिवार, कलाकार तथा प्रशंसकहरूले उनको योगदानलाई सम्झँदै श्रद्धाञ्जली दिइरहेका छन्।