हाजिरी जमानीमा छुटे दुर्गा प्रसाई

Jan 20, 2026 03:38 PM merolagani



दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भएका छन् । पोखराबाट पक्राउ परेका प्रसाईलाई काठमाडौं प्रहरीले मंगलबार रिहा गर्ने निर्णय गरेको छ ।

उनलाई हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको प्रहरीले बताएको छ । पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा उनी हिजो पाेखराबाट पक्राउ परेका थिए ।

कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसपछि साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।