चितवन १ बाट हरि ढकाल ५८ हजार २०८ मत पाएर निर्वाचित

Mar 07, 2026 07:34 PM Merolagani



चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। उनी ५८ हजार २०८ मत पाएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र प्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत पाएका छन् भने नेकपा एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरेका छन्।

यससँगै चितवनका तीनवटै क्षेत्रमा रास्वपा विजयी भएको छ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।