कागजी सेयर प्रमाणपत्र बोक्नेहरु अनेक झमेलाबाट किन मुक्त नहुने ?

Feb 22, 2017 Merolagani

अभौतिक सेयर मात्र किनबेच गर्ने व्यवस्था अनिवार्य गरिएको एक वर्ष पुरा भैसकेको छ । तर साधारण सेयरमा आवेदन गरेर परेको सेयर भौतिक रुपमा नै राख्ने सेयरधनीहरुको संख्या अझै पनि धेरै भएका कारण सबै जसो सुचिकृत कम्पनीहरुले लगानीकर्तालाई सेयर अभौतिक बनाउन पटक पटक सूचना प्रकाशित गरिरहेका छन् । तर लगानीकर्ताहरु भोलिका दिनमा आफुलाई हुने सहजतालाई वास्ता नगरी अझै कागजी प्रमाणपत्र अभौतिक बनाउन गएका छैनन् ।

गत आर्थिक वर्षको समाप्ती भएको आठ महिना बित्नै लाग्दा सबै जसो सुचिकृत कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् भने केहीको हुने क्रम जारी छ । साधारण सभा सम्पन्न गरी गत आर्थिक वर्षको बोनस अभौतिक रुपमा लगानीकर्ताको हितग्राही खातामा पठाउने भन्दै कम्पनीहरुले धमाधम आफुसँग भएको कागजी प्रमाणपत्र अभौतिक बनाउन आग्रह गर्दै दैनिक सूचनाहरु प्रकाशित गरिरहेका छन् ।

यसले अझै धेरै लगानीकर्ताहरुसँग कागजी प्रमाणपत्र भएको आँकलन गर्न सकिन्छ । अहिले नै अभौतिक सेयर हुनेहरुले ती कम्पनीको बोनस अभौतिक रुपमा डिम्याट खातामा पाइसकेका छन् ।

यसै साता मात्र नेपाल इन्भेष्टमेण्ट बैंक, सिद्धार्थ बैंक, पुर्णिमा विकास बैंक, यति डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक, तिनाउ विकास बैंकले डिम्याट खाता खोल्ने तथा आफुसँग भएको कागजी सेयर अभौतिक गर्ने सम्बन्धमा सूचना निकालेका छन् ।

ईन्भेष्टमेन्ट बैंकको सेयर डिम्याट गराउनुभयो ? नत्र कागजी प्रमाणपत्र बोकेर भाग दौड गर्नु पर्ला !

कागजी प्रमाणपत्र छपाई गरी लगानीकर्तालाई बोलाएर बितरण गर्नु पर्ने प्रकृयालाई छोटो बनाउँदै सिधै लगानीकर्ताको डिम्याट खातामा बोनस तथा हकप्रद सेयर पठाएर सुचिकृत कम्पनीका सेयर बिक्री प्रबन्धकहरुले लगानीकर्ताको समय बचत गराउँदै आफु पनि सहज रुपमा काम गर्न खोजिरहेका छन् ।

बोनसका लागि तीन कम्पनीले एकसाथ मागे डिम्याट खाता, तपाईले बुझाउनुभयो ?

 

सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सििनाका अनुसार अधिकांस कम्पनीको केही हिस्सा सेयर कागजी भएका कारण क्यापिटललाई पनि कसरी लगानीकर्तालाई सजिलै सेयर उपलब्ध गराएर आफ्नो काम पनि छोट्याउने भन्ने चासो बढेको हो ।

‘डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएर आफुसँग भएको सेयर अभौतिक गराएर लगानीकर्ता घरमा आनन्दले निदाए पनि आगामी दिनमा सबै सेयर तथा लाभांस डिम्याट खाता र बैंक खातामा जम्मा हुने भएकाले हामीले सूचना निकाल्दै यस्तो आग्रह गरेका हौं ।’ मेरोलगानीसँगको कुराकानीमा तिमल्सिनाले भने ।

यसरी आएका सूचना थाहा पाए पछि कागजी प्रमाणपत्र भएका लगानीकर्ताले उक्त सेयर अभौतिक गराए मात्र पुग्छ । सेयर अभौतिक गराई सकेपछि सोको सम्पुर्ण जानकारी बिक्री प्रबन्धककोमा पुग्ने भएकाले सोही विबरण अनुसार लगानीकर्ताले बोनस तथा हकप्रद डिम्याट खातामा पाउने छन् भने नगद लाभांस सिधै बैंक खातामा जम्मा हुनेछ । अझ सूचना नै नआई कुनै पनि कम्पनीको कागजी प्रमाणपत्र डिम्याट गर्न गए सूचना आउने बेलासम्ममा लगानीकर्ताको डिम्याट खातामा सेयर आईसकेको हुन्छ ।

सानीमा बैंकको बोनस र हकप्रद डिम्याट खातामा नआएको भए यसो गर्नुहोस्

यसबाट लगानीकर्तालाई हुने सहजता यो हो कि, बोनस तथा हकप्रदको प्रमाणपत्र तथा नगद लाभांस संकलनका लागि धाएर बिक्री प्रबन्धककोमा जानु पर्दैन । अहिले बोनस तथा हकप्रदको कागजी प्रमाणपत्र लिए पनि बेच्ने बेलामा त्यसलाई अभौतिक गराउनै पर्छ । जसले गर्दा अब पनि कागजी प्रमाणपत्र अभौतिक नबनाए आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षको बोनस लिन पनि फेरी लाइन लाग्न जानुको विकल्प लगानीकर्तासँग हुने छैन ।

एन बि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद प्रदान गर्न माग्यो डिम्याट खाता 

एनआईबिएल क्यापिटल पनि लगानीकर्ताले आफ्नो सम्पत्तिको खोजी नगर्दा दुई थरी काम गर्नु पर्ने अवस्था आएको बताउँछ । क्यापिटलका महाप्रबन्धक मेख थापा भन्छन्, ‘हामीले हाम्रो सजिलोका लागि सूचना निकालेर लगानीकर्तालाई सेयर डिम्याट गराउन आग्रह गरेको बुझाई छ । तर यसबाट पहिलो फाइदा त लगानीकर्ताले पाउने हो । अनि मात्र हामीले काममा सजिलो महसुस गर्ने हो । अहिले सबै कागजी सेयर डिम्याट गराउने लगानीकर्ताले भोलि कुनै समस्या झेल्नु पर्दैन । बरु सेयर डिम्याट गराउन जाँदा बैंक खाताको विबरण पनि अपडेट गराउन आग्रह गर्छु ।’ थापाले भने ।

नबिल र निर्धन उत्थान बैंकको बोनस डिम्याट खातामा पाउने हो भने यस्तो गर्नुस्

यस अघि धितोपत्र बोर्डले कारोबार योग्य मध्ये ८० प्रतिशत बढी सेयर अभौतिक भैसकेको जनाएको थियो । तर कारोबार नगर्ने लगानीकर्तासँग यस्तो सेयर बाँकी रहँदा पटक पटक तिनै लगानीकर्ता बोनस, हकप्रद, लाभांस संकलन गर्न डीपीकोमा धाउनु पर्ने अवस्था आएको हो । अहिले अधिकांस डीपीकोमा सेयर किनबेच नगर्ने तर प्राथमिक सेयरको बोनस तथा हकप्रद संकलन गर्न जाने लगानीकर्ताको बाहुल्यता देखिएको कारण पनि यहि नै हो ।

सिडिएससीले डिम्याट खातावालाहरुसँग किन माग्यो बैंक खाताको विबरण ? 

पटक पटक यसरी धाउनुको सट्टा लगानीकर्ताले एक पटक सेयर डिम्याट मात्र गराई दिए बाँकी सबै काम डीपीहरुले पुरा गरिदिने ग्लोबल आइृउमई क्यापिटलका प्रमुख कार्यकारी पारसमणि ढकाल बताउँछन् ।

‘समय बचाएर आफ्नो सेयरको उचित व्यवस्थापन गर्दै नियमित रुपमा त्यसको जानकारी पाउन लगानीकर्ता अहिलेको प्रविधिको पछि लाग्नै पर्छ । भोलिका दिनमा घरमा बसेर आफ्नो सबै सेयरको हिसाब मिलाउन सक्ने आधार अहिले लगानीकर्ताले पाएका छन् । यसको सदुपयोग गर्न सक्नु पर्छ ।’ ढकालले भने ।

आज १० कित्ता सेयर हुनेले त्यसलाई अभौतिक गराएर खोजी नगरी बसे पनि १० वर्ष पछि खोजी गर्दा सबै सेयर डिम्याट खातामा हुन्छ भने नगद लाभांस बैंक खातामा जम्मा भैरहेको हुन्छ । यसलाई मनन गरेर पनि लगानीकर्ताले आफुसँग भएको कागजी सेयर डिम्याट गराउनु पर्ने देखिएको हो ।

शेयर कारोबारलाई देशब्यापी बनाउन यसरी हुँदैछ पहल, असारदेखि पचहत्तरै जिल्लामा डिम्याट खाता खोल्ने सुबिधा 

बुधबारसम्ममा केन्द्रिय निक्षेप प्रणालीको तथ्यांक अनुसार एक अर्ब ७१ करोड तीन लाख ६४ हजार कित्ता सेयर डिम्याट भएका छन् । त्यसै गरी बुधबारसम्ममा सात लाख २५ हजार वटा डिम्याट खाता खोलिएको सिडिएससीले जनाएको छ ।

कसरी खोल्ने डिम्याट खाता ?

केन्द्रिय निक्षेप प्रणाली सिडएससीको सदस्य बनेका मर्चेण्ट बैंकर तथा केही ब्रोकर कम्पनीमा गएर लगानीकर्ताले सहजै डिम्याट खाता खोल्न सक्छन् । इन्टरनेट चलाउन जान्ने लगानीकर्ताले इमेल आइडि सहित नागरिक्ता, फोटो र तोकिएको महशुल तिरेर डिम्याट खाता खोल्न सक्छन् । इन्टरनेट चलाउन जान्नेले डिम्याट खाता खोले पछि आफ्नो डिम्याट खातामा भएको शेयरको विबरण आफुलाई पायक स्थानबाट हेर्न सक्छन् ।

सिडिएससीको डिपी सदस्यता पाएका कम्पनीहरुको संख्या ६० छ । सूची हेर्न यहाँ क्लिक गर्नुहोस् । यी ६० वटा डिपी मध्ये केही मर्चेण्ट बैंकरहरुले आफ्नो माउ कम्पनी अर्थात आफ्नो बैंकबाट पनि डिम्याट खाता खोल्न सकिने सेवा दिंदै आएका छन् ।

माथि दिइएको लिंकमा भएका कुनै पनि कम्पनीमा सम्पर्क राखेर डिम्याट खाता खोल्न सकिन्छ । यसका लागि डिपीले तपाईसंग १ सय ५० रुपैंया शुल्क लिन्छन् । आफुसँग भएको कागजी सेयर प्रमाणपत्र पनि साथै बोकेर जाने हो भने सबै काम एकै पटकमा गर्न सकिन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।