गरिमाको निक्षेप संकलन र व्यवसाय विस्तार ४०% ले बढ्यो, खुद नाफामा १३% सुधार

Apr 25, 2018 Merolagani

गरिमा विकास बैक (GBBL) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २८ करोड १५ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक १४ रुपैयाँ ८१ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक बर्षको यहि अवधिमा २४ करोड ८५ लाख रुपैयाँ कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा पुरयाएको थियो ।

गरिमा विकास बैकले बोनस तथा ७० प्रतिशत हकप्रद जारी गरेर एक अर्ब २९ करोडको चुक्ता पूँजी दुई अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ । बैंकले जगेडा कोष २१ प्रतिशतले बढाएर ५७ करोड ०९ करोड सञ्चित गरेको छ । 

यस अवधिमा बैंकले १८ अर्ब ६३ करोड निक्षेप संकलन गरि १७ अर्ब १० करोड रुपैँया कर्जा लगानी गरि ६९ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा १३.२८ प्रतिशत, चुक्ता पूँजी ९५.५० प्रतिशत, खुद व्याज आम्दानी ७०.१२, निक्षेप ३९.१६ प्रतिशत र कर्जा लगानी ४१.४८ प्रतिशतले बढेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ७८ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १२.२२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५२ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।