पूर्णिमा विकास बैंकको नाफा घट्यो

May 11, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा पूर्णिमा विकास बैंक (PURBL) ले ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको तेश्रो त्रैमासमा ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस बर्ष खुद नाफा २२.३१ प्रतिशले घटेको हो ।

बैंकको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ र १२ करोड ११ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ । बैंकले दुई अर्ब ६४ करोड ७८ लाख निक्षेप संकलन र दुई अर्ब ४२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

यस बर्षको तेश्रो त्रैमाससम्ममा ११ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा बैंकको सञ्चालन मुनाफा ९ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ ।

निष्कृय कर्जा ०.२८ प्रतिशत भएको बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा गर्दा प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ ०८ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।