आरबिबिसँग विलय हुने भएपछि सुस्तायो एन.आई.डि.सी डेभलपमेण्ट बैंक

May 01, 2018 Merolagani

जगेडा कोष र पूँजीकोषमा अब्बल देखिँदा, खराब कर्जा उस्तै उच्च
राष्ट्रिय बाणिज्य बैंकसँग विलय भएर बुधबारबाट एकीकृत कारोबार गर्न लागेको एन.आई.डि.सी डेभलपमेण्ट बैंकको खुद नाफा गत बर्षको तेस्रो त्रैमासको तुलनामा ७९ प्रतिशतले घटेको छ । गत बर्ष १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको खुद नाफा ४ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ । गत बर्ष बैंकले ११९ प्रतिशतले खुद नाफा बढाएकाे थियाे ।

४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ३२ करोड रुपैयाँ सञ्चित रहेको छ।समीक्षा अवधिमा बैंकको निक्षेप साढे २४ करोडले घटेको छ भने कर्जा परिचालनमा ८ करोडले मात्र बढेको छ । बैंकको ब्याज आम्दानी घट्नु र खर्च बढ्नुले खुद ब्याज आम्दानी ४ करोड ७७ लाख रुपैयाँले घटेको छ । 

तीन गुणा कर्मचारीको वृद्धि र चार गुणा बढेको खराब कर्जा नोक्सानी व्यवस्थाले बैंकको नाफा ह्वात्तै घटेको हो । यस अवधिमा बैंकको खराब कर्जा अनुपात १३.९० प्रतिशत रहेको देखिन्छ ।

आरबिबिसँग एकीकृत भएपछि पनि बैंकलाई राष्ट्र बैंकले तोकेको अनुपात घटाउन भने धेरै ठूलो चुनौती देखिन्छ । अहिले एन.आई.डि.सीको निष्कृय कर्जा अनुपात सीमाभन्दा ८ प्रतिशत अधिक रहेको देखिन्छ ।

६९.८४ प्रतिशत पूँजी कोष रहेको बैंकको कर्जा निक्षेप अनुपात ७१.८३ प्रतिशत र निक्षेप लागत ८.७६ प्रतिशत रहेको देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।