राष्ट्रिय बीमा संस्थानद्धारा तीन अर्ब १६ करोड खुद बीमा शुल्क आर्जन, नाफा १८९% ले बढ्यो

Aug 16, 2018 Merolagani

सरकारको पूर्ण स्वामित्वको रहेको राष्ट्रिय बीमा संस्थान (RBS) ले गत बर्ष तीन अर्ब १६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । उसले अघिल्लो वर्ष दुई अर्ब ७५ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क अार्जन गरेको थियो ।

यस अवधिमा जीवन बीमा कारोबारबाट संस्थानले एक करोड ९७ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लाे बर्ष ६८ लाख १६ हजार खुद नाफा कमाएको संस्थानले १८९.६३ प्रतिशतले नाफा बढाएको हो । कम्पनीको बिमांकीय मूल्याङकनबाट आउने नाफा भने यसमा जोडिएको छैन ।

संस्थानले अल्पकालिन तथा दीर्घकालिन लगानी गरेर जम्मा तीन करोड ६७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ भने एक करोड ७० लाख ७४ हजार रुपैयाँ व्यवस्थापन खर्च र कर्मचारी व्यवस्थामा खर्च गरेको छ ।

संस्थाले गत वर्ष तीन अर्ब २५ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने अझै १८ करोड १९ लाख ४७ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

समीक्षा अवधिमा संस्थानको चुक्ता पूँजी ९३ लाखबाट १८ करोड १० लाख रुपैयाँ पुर्याएको छ भने बोनस वितरणले जगेडा कोष ३२ करोड १७ लाखबाट १६ करोड ९७ लाख रुपैयाँमा खुम्चिएको छ । त्यसैगरि बीमा कोषमा १५ अर्ब ७२ करोड ५३ लाख सञ्चित रहेको छ ।

बीमा समितिको निर्देशन अनुसार संस्थानले २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ । यसअनुसार कम्पनीलाई अझै एक अर्ब ८१ करोड ९० लाख थप पूँजी जुटाउनु पर्नेछ ।

संस्थाले चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्ने योजना बनाएको पनि अझैसम्म प्रकृया अगाडि बढाएको छैन ।

सूचीकृत नभएपनि कम्पनीले कमाएको नाफाको आधारमा प्रतिसेयर आम्दानी बार्षिक १० रुपैयाँ ९१ पैसा छ । कम्पनीको चुक्ता पूँजी अत्याधिक मात्रामा बढाएकाले प्रतिसेयर आम्दानीमा भने सन्तुलन देखिएको छैन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus