सन नेपाल लाइफले २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा नाफा कति ?

Aug 22, 2018 Merolagani

सन नेपाल लाइफ इन्स्योरेन्स (SNLICL) ले १० महिना अवधिमा २९ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । २०७४ असोज ६ गतेदेखि कारोबार थालेको यस कम्पनीको आठ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको छ । 

तेश्रो त्रैमाससम्म १० करोड १३ लाख खुद नाफा गरेको कम्पनीको नाफा चौथो त्रैमाससम्ममा एक करोड ९७ लाखले घटेको हो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम भने चैतको तुलनामा असार मसान्तसम्म ११ करोड ९५ लाखले बढेर २९ करोड ८ लाख पुगेको छ । 

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीले अवधि सम्ममा २९ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीको हाल सम्म ९ हजार ८२१ बीमालेख कायम छ । अहिले सम्म कुनै दाबी भुक्तानी नगरेको कम्पनीले तीन वटा दाबी वापत ६ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको जगेडा कोषमा सात करोड ९४ लाख रुपैयाँ, जीवन बीमा कोषमा १६ करोड २४ लाख रुपैयाँ र महाविपत्ति कोषमा ८७ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीले चुक्ता पूँजी २ अर्ब पुर्याउन ६० करोड रुपैयाँको सर्वसाधारण सेयर निष्काशन गर्ने प्रकृयामा रहेको छ । कम्पनीले आइपिओ निष्काशनका लागि नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।