नेशनल लाइफको खुद बीमा शुल्क दुई अर्ब ६० करोडले बढ्यो, प्रतिशेयर आम्दानी १८ रुपैयाँ

Aug 16, 2018 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) काे खुद बीमा शुल्क रकम गत आर्थिक बर्षमा दुई अर्ब ६० करोडले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासमा चार अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले ६ अर्ब १३ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीले एक अर्ब ७४ करोड ८७ लाख दाबी भुक्तानी गरेको छ भने ६० करोड ५१ लाख अभिकर्ता कमिशनमा खर्च गरेको छ । कम्पनीले अझै २१ करोड ५१ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

यस अवधिमा कम्पनीको खुद मुनाफा समेत २९.६७ प्रतिशतले वृद्धि भएर २९ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०२ पैसा कायम भएको छ । कम्पनीले अघिल्लो वर्षको यस अवधिमा २३ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । 

पुर्नबीमा कमिशनवाट तीन करोड ५३ हजार, लगानी, कर्जा तथा अन्य आयवाट एक अर्ब ६० करोड तथा बीमालेख धितोमा कर्जाबाट आय शिर्षकबमट एक अर्ब चार करोड रुपैयाँ आम्दानी गरेको छ ।

सात लाख ९५ हजार ३९ कुल बीमालेख रहेको कम्पनीले ६ अर्ब ४० करोड ९२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले नौ हजार ६३५ कुल दाबी वापत दुई अर्ब एक करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै १८ करोड ७१ लाख रुपैयाँ बराबर दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५५ पैसा, मुल्य आम्दानी अनुपात ४४.३५ गुणा बढी रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।