रिलायबल नेपाल लाइफको खुद नाफा १२ करोड ७८ लाख रुपैयाँ

Aug 15, 2018 Merolagani

आर्थिक बर्ष २०७४/७५ मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १२ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । पन्ध्र करोड २० लाख आम्दानी गरेको यनस्योरेन्सले दुई करोड ४२ लाख खर्च गरेको छ । तेश्रो त्रैमासमा इन्न्सयोरेन्सको खुद नाफा आठ करोड ४६ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले ३४ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा ६५ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले एक लाख २२ हजार ९४० बीमालेखबाट ४२ करोड ७७ लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ । 

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको जगेडा कोषमा १३ करोड २६ लाख रुपैयाँ सञ्चित छ । उसले जीवन बीमा कोषमा आठ करोड ६७ लाख छ ।

यस अवधिसम्म कम्पनीले ३३ संख्यामा परेको दाबी वापत एक करोड २२ लाख ६८ हजारको भुक्ताी गरेको छ ।

इन्स्योरेन्सको प्रति सेयर आम्दानी ९ रुपैयाँ १३ पैसा तथा प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।