पाेखरा फाइनान्स र वोमी माइक्रोफाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Sep 09, 2018 Merolagani

पाेखरा फाइनान्स कम्पनी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था (WOMI) ले गत बर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

 पोखरा फाइनान्स (PFL) ले गत आर्थिक बर्ष २०७४।७५ को नाफाबाट सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र ८.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

फाइनान्स सञ्चालक समितिको साउन २८ गते सम्पन्न ४५४ औं बैठकले गत बर्षको मुनाफा तथा जगेडाबाट सो लाभांश प्रस्ताव गरेको थियो ।

फाइनान्सले बोनस वापत ४ करोड ८ लाख २२ हजार ५०६ रुपैयाँ तथा नगद लाभांश वापत ७ करोड ९ लाख ५२८ रुपैयाँ प्रस्ताव गरेको छ । सो लाभांश फाइनान्स कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । 

त्यसैगरि वोमीको साउन २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट जारी शेयर पूँजीको २५ प्रतिशतका दरले २ करोड ५२ लाख ७५ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेर स्वीकृतीका लागि राष्ट्र बैंकमा पेश गरेको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।वोमी माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा तीन करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।दश करोड दश लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ६ करोड ५४ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।

माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ०८ पैसा रहेको छ । कम्पनीकोे मुल्य आम्दानी अनुपात ३५.४४ गुणा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७६ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।