लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डको वेबसाइट अपग्रेड, के के छन् नयाँ ?

Oct 03, 2018 Merolagani

असोज १५ गते देखि लगानीकर्ता सप्ताह सञ्चालन गरेको धितोपत्र बोर्डले बुधबार आफ्नो अपग्रेड गरिएको वेबसाइट सार्वजनिक गरेको छ । 

सर्वसाधारणलाई शेयर बजारमा प्रवेश गराउन सचेतना जगाउन लगानीकर्ता सप्ताह मनाईरहेको बोर्डले लगानीकर्ता मैत्री वेवसाइट सञ्चालनमा ल्याएको दाबी गरेको छ ।

बुधबार एक कार्यक्रमबिच धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले उक्त वेवसाइट (http://www.sebon.gov.np/nw/ सार्वजनिक गरेका हुन् ।

आम सर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न वेबसाइटलाई लगानीकर्तामैत्री बनाइएको बोर्डको दाबी छ ।

comments powered by Disqus