नक्कली शेयरको कारोबार गर्ने विरुद्ध मुद्धा, संलग्न ब्रोकर कारबाहीमा

Jan 09, 2018 merolagani



नेपाल धितोपत्र बोर्डले चिलिमे, नेशनल तथा सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली शेयर कारोबारमा संलग्न गोविन्द घिमिरे विरुद्ध मुद्दा दायर गरेको छ । त्यस्तै बोर्डले नक्कली शेयर कारोबारमा संलग्न दुर्इ धितोपत्र व्यवसायी दलाल कम्पनीलाई समेत कारवाही गरिएको जनाएको छ ।

धितोपत्र बोर्डले नक्कली सेयरको कारोबार गर्ने गोविन्द घिमिरे विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ । बोर्डले गत असार २३ मा घिमिरे विरुद्ध मुद्दा दायर गरेको थियाे ।

त्यस्तै बोर्डले अग्रवाल सेक्युरिटिज प्रा.लि र श्रीहरि सेक्युरिटिज प्रा.लि.लाई दश/दश लाख रुपैयाँ जरिवाना गरेकाे छ । सम्पत्ति शुद्धिकरणको निर्दे्शिका कार्यान्वयन नगरेको भन्दै बोर्डले अग्रवाल सेक्युरिटी र श्रीहरी सेक्युरिटीलाई जरिवाना गराएको हो । त्यस्तै ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखेको आरोपमा ती धितोपत्र दलाल कम्पनीलार्इ थप ५० हजार जरिवाना गरिएको बोर्डले जनाएको छ ।

शेयर कारोबार गर्दा ग्राहकको स्पष्ट पहिचान कायम हुने गरी विवरण राख्नुपर्नेमा सो नराख्नुका साथै सम्पत्ति शुद्धीकरण निवारण ऐन, सो अर्न्तगत जारी भएका नियम, निर्देशन, आदेश, परिपत्र तथा सम्बद्ध अन्य कानून बमोजिम संस्थालाई तोकिएको कार्यहरु गर्नु/गराउनु पर्नेमा सो नगरेको बोर्डको भनाई छ ।

त्यस्तै ग्राहकको पहिचान यकिन गर्ने/गराउने र अभिलेख दुरुस्त राख्न लगाउने कार्य नगरेको, सरल वा बृहत ग्राहक पहिचान, प्रविधिको दुरुपयोगमा नियन्त्रण, अनुगमन सम्बन्धको समाप्ति लगायतका सम्बन्धित अन्य विषयमा आन्तरिक नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्नेमा सो कार्य नगरेकाले कारबाही गरको बोर्डले बताएको छ ।

त्यस्तै बोर्डले श्रीहरी सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका सम्बन्धित कार्यकारी प्रमुखलाई पचास हजार रुपैयाँ जरिवाना समेत गरेको छ । सिप्रवी सेक्यूरिटिजका सम्बन्धित कार्यकारी प्रमुखलार्इ सचेत मात्र गराएको छ ।

बोर्डले हालसालै बजार अनुगमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ गर्दै लगेको परिप्रक्ष्येमा सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत गरिएकाे याे पहिलो कारवाही भएको जनाएको छ । यस्ता कारबाहीबाट सम्पत्ति शुद्धीकरण तथा धितोपत्र सम्बन्धी कसूरहरुको न्यूनिकरण भई दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुमा ऐन नियमको पालनातर्फ थप सजगता आउने बोर्डको अपेक्षा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।