अपेक्षा गरेका अर्थमन्त्री नपाउँदा लगानीकर्ता दोधारमा, पुनले जित्लान लगानीकर्ताको विश्वास?

Mar 07, 2024 03:31 PM Merolagani



लगानीकर्ताले अपेक्षा गरेको अर्थमन्त्री नपाउँदा लगानीकर्ताहरु दोधारमा देखिएका छन्। अर्थमन्त्री परिवर्तन भएपनि चाहेको अर्थमन्त्री नआँउदा लगानीकर्तामा अझै कन्फिडेन्स बढ्न सकेको छैन्। लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा देखिएका छन्।

विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले गत सोमबार नेप्से सूचक ११७ अंकले बढेर बन्द भएको थियो। तर भोलिपल्टै अर्थमन्त्रीमा पौडेल आउने सम्भावना कम देखिदा नेप्से सूचक ७० अंकले घट्यो। बुधबार २७ अंकसम्म बढीसकेको बजार अन्तिममा ९ अंकले बढेर बन्द भयो भने बिहीबार पनि बजारको अवस्था त्यस्तै देखियो। सुरुवातमा बढेको बजार टिकाउन लगानीकर्तालाई हम्मे हम्मे पर्यो।

बुधबार नेकपा माओबादीका नेता वर्षमान पुन अर्थमन्त्रीमा नियुक्त भएका थिए। उनी अर्थमन्त्री भएपछि पनि बजारले नकारात्मक प्रतिकृया दिएको छैन । तर लगानीकर्ताहरु पुनप्रति पूर्ण विश्वस्त भने हुन सकेका छैनन्।

पुन यसअघि पनि अर्थमन्त्रीको रुपमा काम गरिसकेका नेता हुन्। यसअघिको कार्यकालमा नेप्से झन्डै ८० प्रतिशतले बढेको थियो। यसले गर्दा पनि लगानीकर्ताले पुनको आगमनलाई पनि सकारात्मक रुपमा लिएका छन्। पुनः माओबादी पृष्टभूमिका नेता भएको कारणले पनि लगानीकर्ता विश्वस्त हुन नसकेका हुन्।

यअघिका अर्थमन्त्री प्रकाशशरण महतले बजार सुधारको काम गर्न नसकेको भन्दै लगानीकर्ताले उनलाई मन पराएका थिएनन्।

यस अघि वर्षमान पुन २०६८ भदौ १८ गते अर्थमन्त्री भएका थिए। उनी अर्थमन्त्री हुँदा शेयर कारोबार मापक सूचक ३३९.२६ अंकमा थियो। उनी अर्थमन्त्रीको रुपमा नियुक्त भएपछि सुरुवातमा शेयर बजार केहि नकारात्मक देखियो र सूचक २९८.६९ अंक सम्म झर्यो। तर पछि बढेर ५५५.९३ अंकसम्म उक्लिएको थियो।

अहिले शेयर बजार लामो समयदेखि घट्दो क्रममा छ। ३२०० विन्दुसम्म पुगेको नेप्से सूचक १८०० सम्म झरेको थियो भने पछिल्लो समय डेढ बर्षदेखि १८०० देखि २२०० विन्द्युमा घुमिरहेको छ। कारोबार रकम पनि ह्वातै घटेको छ। २१ अर्बसम्मको कारोबार भएको कजारमा अहिले २/३ अर्बको कारोबार हुन पनि कठिन अवस्था छ।

खासगरी बजार घट्नुमा राष्ट्र बैंकले लिएका नीति र पछिल्लो समय आइपीओ, हकप्रद लगायतका कारणले बजारमा बढेको आपुर्तिलाई मुख्य कारण मानिएको छ। राष्ट्र बैंकले शेयर धितो कर्जा लगायतका अन्य कर्जाहरुमा समेत गरेको कडाइले शेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको छ। अहिले त्यही व्यवस्था परिमार्जन नहुँदा बजार बढ्न नसकेको आरोप लगानीकर्तारुले लगाइसकेका छन्।

अर्थमन्त्री पुनले पछिल्लो समय लगानीकर्ताहरुले उठाइरहेको मागलाई सम्बोधन गर्न भुमिका खेल्नुपर्ने छ। अर्थमन्त्री पुनले बुधबार कार्यभार सम्हाल्दै पूँजी बजारमा सुधारको आवश्यकता रहेको र सुधारको काम गर्ने प्रतिबद्धता त जनाएका छन् तर उनले अब बजार सुधारको लागि कस्ता नीति लिन्छन् त्यो हेर्न बाँकी नै छ। उनले लगानीकर्ताको विश्वास जित्न सक्छन कि सक्दैनन् भन्ने कुरा पनि उनले लिने नीति र बजार सुधारको लागि गर्ने पहलमा नै भर पर्ने छ।

 




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।