मैलुङ खोलाको शेयर कारोबार रोक्का

Mar 21, 2024 12:41 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी (MKJC) को शेयर कारोबार रोक्का गरेको छ। कम्पनीले लाभांश घोषणा सम्बन्धि सूचना समयमा नै नदिएका कारण शेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ।

चैत ७ गते दिउँसो १ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २.२२११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो। तर, सो निर्णयको जानकारी नेप्सेमा बिहीवार ११ः१७ मा मात्र प्राप्त भएकोले कम्पनीको शेयर कारोबार रोक्का गरिएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ। कम्पनीले सो व्यवस्था पालना नगरेका कारण शेयर कारोबार रोक्का गरेको नेप्सेले पत्रमा उल्लेख गरेको छ।

नेप्सेले कारोबार रोक्का भएको मितिले ३ कार्यदिन भित्र स्पष्टिकरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।