मैलुङ खोलाको शेयर कारोबार रोक्का

Mar 21, 2024 12:41 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी (MKJC) को शेयर कारोबार रोक्का गरेको छ। कम्पनीले लाभांश घोषणा सम्बन्धि सूचना समयमा नै नदिएका कारण शेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ।

चैत ७ गते दिउँसो १ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २.२२११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो। तर, सो निर्णयको जानकारी नेप्सेमा बिहीवार ११ः१७ मा मात्र प्राप्त भएकोले कम्पनीको शेयर कारोबार रोक्का गरिएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ। कम्पनीले सो व्यवस्था पालना नगरेका कारण शेयर कारोबार रोक्का गरेको नेप्सेले पत्रमा उल्लेख गरेको छ।

नेप्सेले कारोबार रोक्का भएको मितिले ३ कार्यदिन भित्र स्पष्टिकरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।