सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार रोक्का

Feb 28, 2023 10:45 AM Merolagani



फागुन १५ गते, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स (SIL) र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार रोक्का भएको छ।

यी दुई इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट फागुन १७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको हुँदा धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिक २)७९ को दफा ९ (२) को प्रयोजनको लागि ऐ. निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम शेयर कारोबार रोक्का गरिएको हो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।