खराब कर्जा उठाउन नसके दर्जन बढी बैंकले आगामी वर्ष लाभांश बाँड्न नसक्ने, घट्दो प्रतिफलको असर शेयर बजारमा

Apr 02, 2024 03:14 PM Merolagani

खराब कर्जा उठाउन नसके एक दर्जन बढी वाणिज्य बैंकले आगामी आर्थिक वर्षमा लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुग्ने भएका छन्। खराब कर्जा बढेर अधिकाँश बैंकको वितरणयाेग्य नाफा नकारात्मक भएको छ। यसले गर्दा बैंकहरु लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन्।

चालु आर्थिक वर्षमा नै ८ वटा बैंकहरुले शेयरधनीलाई लाभांश वितरण गर्न सकेनन्। आगामी वर्ष अझै धेरै बैंकहरुले लाभांश वितरण गर्न नसक्ने र लाभांश वितरण गरेपनि लाभांश दर निकै घट्ने बैंकरहरु बताउछन्।

विगत लामो समयदेखि ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आएको नबिल बैंकले यस वर्ष लगानीकर्तालाई ११ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो। आगामी वर्ष यो दर अझै घट्ने देखिएको बैंकका अधिकारीहरु बताउछन्।

हिमालयन बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक लगायतले शेयरधनीलाई लाभांश वितरण गर्ने पैसा नै नभएपछि गत वर्ष लाभांश वितरण गर्न सकेनन्। उनीहरुको वितरयोग्य नाफा निकै कम देखिएको थियो।

यसैगरी केहि बैंकको पूँजीकोष नपुग्दा समेत लाभांश रोकिएको अवस्था थियो। चालु आर्थिक वर्षमा पनि तीन बैंकको पूँजीकोष केन्द्रीय बैंकले तोकेको सीमाभन्दा तल भरिसकेको छ। ती बैंकले आगामी वर्ष लाभांश वितरण गर्न पाउदैनन्।

चालु आर्थिक वर्षमा बैंकहरुको वित्तीय अवस्था झनै खस्किएको छ। दोस्रो त्रैमाससम्ममा बैंकहरुको खराब कर्जा औसतमा साढे  ३ प्रतिशत पुगेको छ भने केहि बैंकको ५ प्रतिशत नजिक पुगिसकेको छ। ५ प्रतिशत माथि खराब कर्जा पुग्दा पनि बैंकहरुले लाभांश वितरण गर्न पाउदैनन्। बैंकहरुको खराब कर्जा बढ्दा प्रोभिजनिङ बढेको छ जसले गर्दा अधिकाँश बैंकहरुको वितरणयोग्य नाफा नकारात्मक छ।

दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, एसविआई बैंक, नबिल बैंक र प्राइम बैंक बाहेक अन्य सबै बैंकको वितरणयोग्य नाफा नकारात्मक छ।

बैंकहरुको खराब कर्जा बढेको र त्यो खराब कर्जा उठ्न नसक्दा उनीहरुको वित्तीय अवस्था खस्किएको हो। अहिले खराब भएका कर्जा उठेपनि नेपाल राष्ट्र बैंकको निर्देशनका कारण त्यसलाई पुनः वर्गीकरण गरी असल कर्जामा राख्न ६ महिना कुर्नुपर्छ। यसले गर्दा चालु आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा धेरै घट्ने सम्भावना नरहेको बैंकरहरु बताउछन्। जसले गर्दा बैंकहरुले शेयरधनीलाई प्रतिफल दिन नसक्ने अवस्था आउने देखिन्छ।

बैंकहरुको प्रतिफल दर घट्दै जाँदा त्यसको असर बैंकहरुको शेयरमूल्यमा पनि देखिएको छ। अहिले बैंकहरुको शेयरमूल्य लगातार घट्दो क्रममा छ। अहिले बैंकिङ्ग उपसमूहको सूचक करिब ४ वर्ष यताकै न्युन विन्दुमा छ। अन्य कम्पनीहरुको शेयरमूल्य बढिरहेको भए पनि बैंकको शेयरमूल्य घट्दो अवस्थामा छ।

बैंकहरुको अहिले प्रतिफल पनि धेरै नआउने र पूँजी पनि धेरै भएको कारण बढ्न नसकेको एक लगानीकर्ता बताउछन्। 'बैंकहरुको एक त पूँजी धेरै भयो, शेयरमूल्य बढाउन निकै ठूलो पैसा चाहिन्छ,' उनले भने 'अर्कोतर्फ बैंकहरुको प्रतिफल पनि घट्दै गएको छ।' पहिलेको जस्तो धेरै लाभांश पाउने आश छैन यसले गर्दा पनि लगानीकर्ताको आकर्षण कम भएको छ।

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।