मार्जिन लोनमा ठूला लगानीकर्ता नै हाबी, सानाले खासै पैसा लगेनन्, केन्द्रीय बैंकको १२ करोडको नीति पुरै फेल

Apr 10, 2024 05:38 AM merolagani

सुवास निरौला

बैंक वित्तीय संस्थाले शेयर धितोमा दिने ऋणमा ठूला लगानीकर्ता नै बढी हाबी भएका छन्। ठूलालाई च्याप्ने र सानालाई प्रोत्साहन गर्ने भन्दै केन्द्रीय बैंक ४/१२ करोडको नीति अघि सारेको थियो। तर उक्त नीति पुरै फेल भएको देखिएको छ।

किनकि केन्द्रीय बैंकले नै प्रकाशित गरेको विवरणमा सानाले भन्दा बढी ऋण ठूलाले प्रयोग गरेको देखिन्छ। नेपाल राष्ट्र बैंकका अनुसार गएको आठ महिनामा सर्वसाधारण लगानीकर्ताले मार्जिन नेचर लोन ९ अर्ब ३९ करोड रुपैयाँ चलाएका छन्। जसमा एक करोड भन्दा बढी ऋण लिनेहरूको भूमिका ८२.७४ प्रतिशत छ। गएको आठ महिनामा ७ अर्ब ७७ करोड रुपैयाँ भन्दा बढी ऋण एक करोड भन्दा बढी लिनेले चलाएका छन्। जबकि केन्द्रीय बैंकले पहिले २५ लाख र पछि ५० लाखसम्म ऋण लिनेको जोखिम भार समेत घटाएको थियो। जसले ५० लाख भन्दा थोरै पैसा लिने साना लगानीकर्ता बढुन् भन्ने केन्द्रीय बैंकको सोच थियो। २५ लाख भन्दा कम ऋण लिने लगानीकर्ता सबैभन्दा कम छन्। केन्द्रीय बैंकको तथ्याङ्क अनुसार कुल मार्जिन नेचर लोनमा २५ लाख रुपैयाँ भन्दा कम ऋण लिनेको भुमिका  १.३१ प्रतिशत मात्रै छ। अलिकति थोरै बढी भनेको २५ देखि ५० लाख रुपैयाँसम्म लिने ८.८ प्रतिशत छन्। ५० लाख देखि एक करोडसम्म लिने ३.९७ प्रतिशत छन्। केन्द्रीय बैंकको यो तथ्याङ्कले पनि साना लगानीकर्ताले निक्कै कम ऋण चलाएको प्रमाणिात गर्छ। 

ठूलो ऋण लिनेको भूमिका मात्रै बढी छैन, उनीहरूको लिने ऋण बढ्दै गइरहेको केन्द्रीय बैंकको तथ्याङ्क देखिन्छ। गएको आठ महिनामा मार्जिन नेचर लोन मात्रै ९ अर्ब ३९ करोड रुपैयाँ बजारमा गएको छ।  जुन गत वर्ष सोही अवधिमा पाँच अर्ब ३२ करोड मात्रै थियो। गत वर्षको सोही अवधिको तुलनामा १२.३ प्रतिशत बढी छ। गत वर्ष यस्तो प्रकारको ऋण घटेको थियो। गएको आठ महिनामा एक करोड भन्दा बढी ऋण लिने १७.४ प्रतिशतले बढेका छन् । ५० लाख देखि एक करोड लिने ३.१ प्रतिशतले बढेको छन्  भने २५ लाख देखि ५० लाखसम्म लिनेको वृद्धि ८.८ प्रतिशत छ। २५ लाख भन्दा कम ऋण लिनेको वृद्धि १.८ प्रतिशत मात्रै छ। गत वर्ष सोही अवधिमा २५ लाख देखि ५० लाखसम्म ऋण लिने मात्रै बढेका थिए भने अरू सबै घटेका थिए।

चालु वर्ष भने लगानीकर्ता अलि बढी नै कन्फिडेन्स देखिएका छन्। ऋण काढेर शेयर किन्न लगानीकर्ता डराएका छैनन्। बढेको ऋणको प्रतिशतले लगानीकर्ता पोहोर जस्तो नडराएको प्रमाणित गर्छ। गत वर्ष लगानीकर्तामा कन्फिडेन्स देखिएको थिएन। यस वर्ष अझै ठूलो रकमको ऋण चलाउने बढी हुनुले  ठूला लगानीकर्ता दोस्रो बजारमा सक्रिय हुन थालेको प्रमाणित गर्छ। शेयर बजार तल्लो बिन्दुमा झरेको मौका छोपेर बैंकबाट ऋण काढेर शेयर किन्ने बढेका हुन्। साना भन्दा ठूलो ऋण लिएर शेयर बजार पस्नेहरू अझै बढी छन्। उनीहरूको शेयर बजार प्रवेश सँगै दैनिक  शेयर कारोबार रकमा समेत वृद्धि देखिन थालेको छ।

चैत महिना शेयर बजारको लागि खासै राम्रो देखिएको छैन। चैत लागे देखिनै शेयर बजार सुस्त छ। तर कारोबार रकम भने उत्साह जनक देखिन्छ। एक महिनाको अवधिसम्म बजार सुस्त हुँदा समेत कुनै दिन कारोबार रकम उल्लेख्य घटेको छैन। चैतमा मात्रै मंगलबारसम्म दैनिक औसत कारोबार रकम ३ अर्ब १६ करोड १० लाख रुपैयाँ  छ। जबकि सामान्य समयमा शेयर बजार धेरै समय सुस्त हुँदा कारोबार रकम करोडमा झर्ने गरेको थियो। तर यस पटक भने त्यस्तो देखिएको छैन। गत फागुनमा ३ अर्ब ८ करोड मात्रै थियो। जबकि फागुनमा शेयर बजार ०.३६ प्रतिशतले बढेको थियो। चैतमा अझै धेरैले मार्जिन लोन लिएर शेयर बजारमा खन्याइरहेकोले दैनिक औसत कारोबार रकमले समेत बढेको  प्रमाणित गर्छ।  

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।