नेपाल रिपब्लिक मिडिया नोक्सानीमा

May 07, 2024 10:19 AM Merolagani



नेपाल रिपब्लिक मिडिया (NRM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५२ लाख २६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

आम्दानी घटेपछि कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी १४.७३ प्रतिशत घटेर १३ करोड ५७ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १७.१२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६४.७७ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ८१ पैसा रहेको छ।

९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित नोक्सानी ५१ करोड ५० लाख रुपैयाँ रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।