पहिलो पटक बोनस शेयर वितरण गरेको नेपाल टेलिकमको वित्तीय अवस्था कस्तो?

May 11, 2022 07:57 AM Merolagani



गत आर्थिक वर्षको मुनाफाबाट पहिलो पटक बोनस शेयर वितरण गरेको नेपाल टेलिकम (NTC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी सामान्य बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २.८० प्रतिशत बढेको छ भने अन्य आम्दानी २.२४ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी २.७२ प्रतिशत बढेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १८ अर्ब रुपैयाँ पुर्याएको छ। समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ०.७६ प्रतिशत घटेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ४ पैसा घटेर ४० रुपैयाँ २६ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५११ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.४८ गुणा रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।