नागरिक लगानी कोषको नाफा सामान्य बढ्यो

May 12, 2022 07:49 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी सामान्य बढेसँगै खुद नाफा बढेको हो।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ११.६२ प्रतिशत बढेको छ भने कुल आम्दानी ३.५० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च ०.९३ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष ५३.०७ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २५ रुपैयाँ १५ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।