तीन लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

May 16, 2024 03:10 PM Merolagani



साताको अन्तिम कारोबार दिन तीन लघुवित्त कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९४ प्रतिशत बढेको छ भने सिईडिबि लघुवित्तको शेयरमूल्य ९.६१ प्रतिशत र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.०३ प्रतिशत बढेको छ। यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.७६ प्रतिशत घटेको छ।

लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै लघुवित्त उपसमूहको परिसूचक पनि यस दिन उच्च दरमा बढेको छ। यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक भने सामान्य बढेको छ। यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बिहीबार नेप्से परिसूचक भने ०.७९ अंक बढेर २०१८.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५७ हजार २१८ पटकको कारोबारमा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ८२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको करिब १२ करोडको शेयर कारोबार भएको छ।

 




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।