प्रतिरोध तोडेर उक्लियो सुपर मादी हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Jun 01, 2024 07:05 PM Merolagani

यस साता जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशत घटेको छ। गत साता २५१०.६५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २५.१७ अंक घटेर २४८५.४८ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ।

यस साता सो कम्पनीको शेयरमूल्य ५३ रुपैयाँ ९० पैसा बढेको छ। गत साता ५०६ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ५५९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध तोडेर उक्लियो

यस साता कम्पनीको शेयरमूल्यले प्रतिरोध क्षेत्र तोडेर माथि उक्लिएको छ। गत सातासम्म कम्पनीको प्रतिरोध क्षेत्र ५२५ देखि ५४० सम्म थियो। अब सोही क्षेत्र आगामी दिनका लागि टेवा क्षेत्र बनेको छ। आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा ६०० देखि ६१५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। त्यस्तै, साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो दिन कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बाइ सिग्नल

मेरोलगानी एआई चार्टले यस साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमा बाइ सिग्नल दिएको छ। एआईले ५४० रुपैयामा सिग्नल दिएको हो। यस अनुसार सो मूल्यमा शेयर खरिद गरेका लगानीकर्ताहरुले हालसम्म ३.६९ प्रतिशत नाफा कमाइसकेको छ। सो सिग्नल अनुसार कम्पनीको सेलिङ्ग रेञ्ज ६०० देखि ६१५ सम्म रहेको छ। यस अघि पनि एआईले कम्पनीको शेयरमा ६ सिग्नल दिइसकेको छ। र सबै सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाइसकेका छन्।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ८२ हजार ८० कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ४१ हजार ३३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम १००.०३ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुबै रेखाहरु शून्य रेखाभन्दा माथि रहेका छन्। यस साता कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढी

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिद चाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि धनात्मक हुन पुगेको हो।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ करोड ३२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९४ करोड ५५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। कम्पनीले २०७९ चैत २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १ करोड २ लाख रुपैयाँबाट बढेर ५६ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १० करोड ८४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६८ पैसा ऋणात्मकबाट ५ रुपैयाँ ७३ पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १६ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ९७.७१ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ५.३२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको २ करोड १० लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ११ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४६६ रुपैयाँ ९२ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ५५९ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य ३१० रुपैयाँ रहेको छ।

ब्रोकर ६५ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ६५ ले कम्पनीको सबैभन्दा शेयर खरिदबिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ५२ हजार २७० कित्ता शेयर खरिद गरेर ८० हजार ६३ कित्ता शेयर बिक्री गरेको छ। त्यस्तै, यस साता ब्रोकर नम्बर १९ ले कम्पनीको १७ हजार ७२१ कित्ता शेयर बिक्री गरेर २० हजार ४४५ कित्ता शेयर खरिद गरेको छ।

मूल्य बढ्ने लोभ

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर एक्सट्रीम ग्रीड जोनमा पुगेको छ। यसले लगानीकर्ताहरुमाझ कम्पनीको शेयरमूल्य बढ्छ भन्ने लोभ बढ्न थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।