बजेट पछि सुस्ताएको दोस्रो बजारमा मौद्रिक नीति 'टार्गेट' गर्दै शेयर किन्ने क्रम सुरु, कारोबार रकम बढ्दै

Jun 11, 2024 06:17 AM Merolagani

सुवास निरौला

आउने आर्थिक वर्षको बजेट गत जेठ १५ मा सार्वजनिक भयो। बजेटलाई टार्गेट गर्दै किनेको शेयर सल्टिने क्रम समाप्त भएको छ। बजेटलाई टार्गेट गर्दै किनेको शेयर सल्टिए सँगै मौद्रिक नीतिलाई टार्गेट गर्दै शेयर किन्ने क्रम सुरु भएको छ।

बजेटपछि शेयर बजार सुस्ताएको थियो। बजेटलाई टार्गेट गर्दै किनेको शेयर बिक्री गर्ने क्रम बढेका कारण शेयर बजार सुस्ताएको बताइएको छ। तर अहिले त्यो क्रम समाप्त भएर बजार दोस्रो चरणमा प्रवेश गरेको छ। दोस्रो चरण भनेको मौद्रिक नीति हो। दोस्रो बजारले बजेट र मौद्रिक नीतिलाई बढी क्यास गर्ने गर्छ। बजेट र मौद्रिक नीतिले शेयर बजारलाई नै टार्गेट गरेर लगानीकर्ताले अपेक्षा गरेको अनुसार नीति भलै सार्वजनिक गर्ने गरेको छैन। तैपनि लगानीकर्ताले बजेट र मौद्रिक नीतिमा अपेक्षा गर्न भने छाड्दैनन्। जसका कारण यी दुई इन्सीडेन्ट शेयर बजारको लागि खास हुने गरेको दोस्रो बजारका एक ब्रोकर कम्पनीका सञ्चालकले बताए। “शेयर बजार वर्षमा दुई पटक निश्चित रुपमा बढ्छ। पहिले बजेट र मौद्रिक नीति सार्वजनिक हुनु पूर्व र दोस्रो दसैँ तिहार सकिएपछि बजारले बढ्दो लय समाउँछ। यस क्रममा बजेट अघिको इन्सिडेन्ट सकिएको छ। बजेट अघि थोरै बढेको बजार बजेटमा खास कुरा केही नआएपछि थोरै समय सुस्ताएको थियो। तर अहिले बजारले बजेटलाई बिस्तारै बिर्सिँदै गएको छ भने आउनै मौद्रिक नीति प्रति अपेक्षा बढ्दै जान थालेको छ। जसका कारण मौद्रिक नीतिलाई टार्गेट गर्दै शेयर किन्ने क्रम बढ्न थालेको छ” ती ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

दोस्रो बजार अहिले बेस्सरी बढ्न सकेको छैन। त्यसैगरि केही दिन यता शेयर बजार धेरै घटेको पनि छैन। तर सन्तुलित रुपमा बजार चल्दै गर्दा यता कारोबार रकम भने दैनिक बढ्दो क्रममा देखिएको छ। बजेटपछि दैनिक चार अर्ब रुपैयाँको हाराहारीमा झरेको कारोबार रकम दुई दिन यता पाँच करोड रुपैयाँ भन्दा बढीको हुन थालेको छ। बजार थोरै खुम्चिदा होस् या थोरै बढ्दा कारोबार रकम भने पाँच अर्ब रुपैयाँ नाघ्न थालेको छ। जसले शेयर बिक्री गर्ने र किन्ने दुवै सक्रिय रहेको देखिन्छ। कारोबार रकम बढ्दै जानुले लगानीकर्ता दोस्रो बजारमा सक्रिय हुन थालेकोको रुपमा लिइन्छ। अहिले बिस्तारै लगानीकर्ता शेयर बजारमा सक्रिय हुन थालेका छन्। यो क्रम मौद्रिक नीति सार्वजनिक हुन अघिसम्म जारी रहने बताइएको छ। “अहिले बिस्तारै लगानीकर्ता सक्रिय हुन थालेका छन्। यो सक्रियता मौद्रिक नीति अघिसम्म जारी रहन्छ,” ती ब्रोकर कम्पनीका सञ्चालकले भने।

उनका अनुसार बजेट अघिको ट्रेन्ड भन्दा अहिले मौद्रिक नीति अघिको ट्रेन्ड अलि फरक देखिएको छ। बजेट अघि दोस्रो बजार सेक्टर वाइज बढ्ने गरेको थियो। कुनै एक सेक्टर चल्दा त्यस समूह भित्रका सबैजसो कम्पनी बढ्ने गरेका थिए। तर अहिले त्यस्तो देखिएको छैन। अहिले भने निश्चित समूहका कम्पनी भन्दा पनि निश्चित कम्पनीहरूमा चार्म देखिएको छ। चाहे त्यो फाइनान्स हुन् या जलविद्युत कम्पनीका शेयर नै किन नहुन्। सबै समूहका केही निश्चित कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिन थालेको छ। जुन बजारको लागि निक्कै सुन्दर पक्ष हो। किनकि सेक्टरवाइज बढ्दा कम्पनीको क्षमताले भन्दा बढी हल्लाले काम गरेको हुन्छ। तर निश्चित कम्पनीहरू बढ्दा हल्ला र लै लै भन्दा पनि कम्पनीमा लगानीकर्ताले बढी विश्वास गरेको मानिन्छ। जुन बजारको लागि लाभदायक हुन्छ।

 दोस्रो बजारमा निश्चित कम्पनी बढ्ने गरेका भएपनि अहिले पनि शेयर बजारमा न्यून चुक्ता पूँजी भएका कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ। अर्को तर्फ शेयर बजारमा लाभांश क्षमता राम्रा कम्पनीको शेयरमा भन्दा बढी लाभांश क्षमता कमजोर भएका कम्पनीमा लगानीकर्ता बढी झुम्मिँदै गएका छन्। जसले दोस्रो बजारमा अहिले पनि लगानीकर्ता स्पेकुलेटिभ शेयरमा बढी आकर्षित हुने क्रम भने अझै पनि कम हुन सकेको छैन। जुन दीर्घकालीन भन्दा पनि बजार अल्पकालीनमा बढी रमाइरहेको छ।    

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।