प्रिमियममा शेयर निष्कासन गर्न दिनु हुँदैन, ब्लु चिप कम्पनी निर्माण गर्ने बाटो भनेको बुक बिल्डिङ होः पवन गोल्यानकाे बिचार

Jun 28, 2024 11:11 AM merolagani



पवन गोल्यान

मुलुकले फिसकल पोलिसि भर्खरै प्राप्त गरेको छ। अब चाँडै मौद्रिक नीति पनि सार्वजनिक हुँदै छ।

मौद्रिक नीतिमा धेरै अपेक्षा व्यवसायीक क्षेत्रदेखि आम सर्वसाधारणले गरिरहेका छन्। जसमा सबैले आ-आफ्नो तर्फबाट सुझाव पनि दिइसकेका छन्। आज म व्यवसायीक क्षेत्रको तर्फबाट व्यवसायीक माग भन्दा पर रहेर नेपालको क्यापिटल मार्केटको माग अघि सार्दै छु।

हाम्रो मुलुकको इकोनमि दुई क्षेत्रको वरिपरि बढी घुमेको देख्छु। त्यो भनेको शेयर मार्केट र रियल स्टेटमा। यही दुई सेक्टर नचलेको कारण र यिनै दुई क्षेत्रलाई टार्गेट गरेर बढी नतिगत प्रहार गर्दा यो सेक्टर अहिले धरातलमा आइसकेको छ। त्यसले गर्दा यी दुई सेक्टरलाई माथि लैजाने गरी आउने मौद्रिक नीति आउनु पर्ने आवश्यकता देख्छु।

शेयर बजारलाई टार्गेट गरेर मौद्रिक नीतिले लुज गरिदिनु पर्छ भन्दै गर्दा स्पष्ट रुपमा अहिले जुन १५ करोडको सीमा लगाइएको छ। त्यसलाई हटाइदिनु पर्छ भनेको हो। अरू त मौद्रिक नीतिले गर्न सक्दैन। अर्को तर्फ प्रमोटरवालालाई पब्लिकमा रूपान्तरण गर्न दियो भने पनि शेयर बजारलाई बुस्ट गर्छ। अहिले कुनै क्षेत्रलाई बुष्ट गर्नु पर्ने आवश्यकता देखिन्छ भने त्यो क्षेत्र भनेको शेयर बजार नै हो। अहिले क्यापिटल मार्केट फर्मेशनको आवश्यकता देखिएको छ। रियल स्टेटको लागि अहिले अल रेडी केही गरिसकिएको छ। त्यसैलाई निरन्तरता दिने वा अझै खुकुलो गर्नु पर्छ।

क्यापिटल मार्केट फर्मेशन कहिले पनि अनुत्पादक हुँदैन।  हामी आज पब्लिकमा किन गइरहेका छौ ? जबकि हिजोसम्म हामी आफैले ओगटेर बसेका थियौ। अहिले मेरो कृषि कम्पनीमा ३० प्रतिशत मात्रै स्टेक होस् भन्ने चाहना छ। त्यसको लागि त मौद्रिक नीति, फिसकल पोलिसि, सेबोनको गाइडलाइन, नेप्सेको नियम सबै सहज हुनु पर्छ।

त्यसैले त्यो क्षेत्र अनुत्पादक होइन। दैनिक ट्रेडिङमा जुन लुप हो देखिन्छ। बरु त्यसलाई बल्क गर्नु पर्छ। यसको मतलब फेरि ट्रेडीङ नै हुनु हुँदैन भन्ने होइन। त्यो पनि आवश्यक छ। फेरि पनि म दोहोर्याउछु। हाम्रो प्रायः पोलिसिहरु रियाक्टिभ एप्रोचमा जान्छ। दुई-चार जनाले नराम्रो काम गर्दैमा त्यसलाई ब्लक गर्नको लागि सानालाई अप्ठ्यारोमा पारिन्छ। त्यसबाट चाँहि जोगाउन सक्नु पर्छ।

माथि उल्लेखित कुरा राष्ट्र बैंकले गर्नु पर्ने हुन्छ। त्यसैगरि धितोपत्र बोर्डले पनि धेरै कुरा गर्नु पर्ने छन्। तर ती सबै कुरा आज म गर्दिन। धेरै कुरा गर्‍यो भने केहीमा पनि सफलता पाउन सकिँदैन। त्यसै यहाँ बुक बिल्डिङलाई मैले सबैभन्दा बढी प्राथमिकतामा राखेको छु।

अब आउने दिनमा ब्लु चिप कम्पनीको क्याटोगरि स्टाप्लिष्ट गर्नु पर्छ। यस अघि जे जसरी दायाँ बायाँ गरेर आइपिओ आए त्यसरी आउनु हुँदैन। कुनै पनि शेयर निष्कासनमा जानु भन्दा पहिले यसको नेटवर्थ ९० भन्दा मुनि हुनु हुँदैन भन्ने कुरा जुन आएको छ। यो राम्रो कुरा हो।

अर्कोतिर प्रिमियममा शेयर निष्कासन गर्न दिनु हुँदैन। ब्लु चिप कम्पनी निर्माण गर्ने बाटो भनेको बुक बिल्डिङ हो। किनभने त्यसमा योग्य संस्थागत लगानीकर्ता (क्युआइआइ) ले अप्रुभ गरेको हुन्छ। फेरि उनीहरूले त्यसै अप्रुभ पनि गर्दैन। अप्रुभ गर्नु भन्दा अघि त्यो कम्पनीको सबै आन्द्रा भुँडी केलाएका हुन्छन्। हो त्यसबाट नै बेन्चमार्क बन्छ। त्यसरी निष्कासन अनुमति दिँदा पब्लिकको पैसा डुब्दैन। नत्र भने पब्लिकको पैसा डुब्न पनि सक्छ।

सेबोनले त्यस कुरामा ध्यान दिए पश्चात् लगानीकर्ताहरूले पनि केही ख्याल गर्नु पर्ने हुन्छ। पब्लिकले लगानी गर्दा खेरि यो पनि हेर्नु पर्छ कि कुन कम्पनीको आइपिओ आएको छ। त्यसको वास्तविकता के छ ? त्यो बुझ्नु पर्छ। एक सय रुपैयाँ त हो, एक हजार त हो, १० कित्ता शेयर त आउँछ भनेर लगानी गर्नु हुँदैन। खराब कम्पनी पर्‍यो भने त्यो सय रुपैयाँ वा एक हजार रुपैयाँ पनि रहँदैन।

अब अन्तिममा जो हामी शेयर निष्कासनकर्ता हौ। उनीहरूले पनि पब्लिकको पैसा डुब्न दिनु हुँदैन भन्ने ख्याल गर्नै पर्छ। त्यसैले साना लगानीकर्ताहरूको पैसा बिलकुलै डुब्नु हुँदैन भन्ने पक्षको मान्छे हुँ म। त्यसैले उनीहरूलाई जोगाउनको लागि भएपनि प्राथमिक शेयर निष्कासन गर्नेहरूले कम्तीमा यो सोच बनाएरै शेयर पब्लिकमा ल्याउनु पर्छ।

(गाेल्यानसँगकाे कुराकानी शुक्रवार दिउसाे ३ बजे @merolaganiofficial  युट्युव च्यानलमा प्रशारण हुँदैछ ।)  




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।