नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एकलाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज सोमबार चाँदीको मूल्यमा घटबढ भएको छैन । आजको बजारमा चाँदीको मूल्य आईतबार कायम प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ ।