मेरोलगानी एआई चार्टले दियो नेप्सेसहित ९ इण्डेक्समा बाई सिग्नल

Jul 02, 2024 10:45 AM Merolagani



मेरोलगानी एआई चार्टले नेप्सेसहित ९ वटा इण्डेक्समा बाई सिग्नल दिएको छ। हाल मेरोलगानी एआई चार्टले नेप्से, जलविद्युत, उत्पादन तथा प्रशोधन, बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहमा बाई सिग्नल दिएको हो।

मेरोलगानी एआई चार्टले पछिल्लो समयमा कुनै बाई सिग्नल दिएको थिएन। एआईले यस अघि गत फागुन २१ गते बाई सिग्नल दिएको थियो। सो सिग्नलमा ट्रेड गरेका लगानीकर्ताहरुले २.९८ प्रतिशत नाफा कमाएका थिए। सोपश्चात आज (असार १८ गते) एआईले बाई सिग्नल दिएको हो।

एआईले २०३० विन्दु वरिपरि बाई गर्ने सिग्नल दिएको हो। यद्यपि, सोमबार नेप्से २०५३.३८ विन्दुमा बन्द भएको थियो। आइतबारसम्म ओरालो लागिरहेको नेप्से, सोमबार बढेर सो विन्दुमा पुगेको थियो। एआईले नेप्से १९८० विन्दुभन्दा तल झरेमा स्टप लस गर्न पनि सुझाएको छ।

त्यसैगरी, मेरोलगानी एआई चार्टले बैंकिङ्ग उपसमूहमा पनि बाई सिग्नल दिएको छ। हाल बैंकिङ्ग परिसूचक टेवा क्षेत्रमा रहेको छ। एआईले १०९० विन्दुमा बाई गर्ने सिग्नल दिएको हो।

एआईले बाई सिग्नल दिएको अर्को उपसमूह जलविद्युत रहेको छ। सो उपसमूह पनि हाल टेवा क्षेत्रमा रहेको छ। सोमबार २५७१.२१ विन्दुमा बन्द भएको यस उपसमूहमा एआईले २६०० विन्दुमा बाई गर्ने सिग्नल दिएको हो।

उत्पादन तथा प्रशोधन परिसूचकमा पनि मेरोलगानी एआई चार्टले बाई सिग्नल देखाएको छ। ६३४०.६९ विन्दुमा रहेको यस उपसमूहका परिसूचकमा एआईले ६३८० विन्दुमा बाई गर्ने सिग्नल दिएको हो।

त्यस्तै, लगानी उपसमूहमा पनि एआई चार्टले बाई सिग्नल देखाएको छ। यस उपसमूहमा एआईले ७५.३ विन्दुमा बाई सिग्नल देखाएको हो। अघिल्लो कारोबार दिन यस उपसमूहको परिसूचक ७५.३४ विन्दुमा बन्द भएको थियो।


जीवन बीमा र निर्जीवन बीमा उपसमूहमा पनि एआई चार्टले ४ महिनापछि बाई सिग्नल दिएको छ।
यसका साथै, सोमबार २८२९.८१ विन्दुमा बन्द भएको व्यापार उपसमूहमा भने मेरोलगानी एआई चार्टले आइतबार बाई सिग्नल दिएको थियो।

यस दिन मेरोलगानी एआई चार्टले लघुवित्त उपसमूहमा पनि बाई सिग्नल दिएको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।