१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भन एक उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक यस दिन १.५४ प्रतिशत बढेको छ भने वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।
नेप्से परिसूचक भने यस दिन २३.२५ अंक बढेर २१७५.४० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६७ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ७२ हजार ७१४ पटकको कारोबारमा ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन बलेफी हाइइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३४ रुपैयाँ ८० पैसा बढेर ३८२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन समाज लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हाथवे इन्भेष्टमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन जानकी फाइनान्सको करिब १५ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम ११ करोड नाघेको छ।