एक अपडेट जसका कारण कम्पनीलाई भयो ८.८ बिलियन डलर नोक्सानी

Jul 21, 2024 01:46 PM Merolagani



अमेरिकी साइबर सेक्यूरिटी कम्पनी क्राउडस्ट्राइक गत शुक्रबार निकै चर्चामा रह्यो, किनभने सो कम्पनीको एक खराब सफ्टवेयर अपेडले विश्वभरी तहल्का मच्चायो। करिब १५ घण्टासम्म माइक्रोसफ्टका सर्भर बन्द भयो, जसका कारण विमानस्थल, बैंक टिभी च्यानल र शेयरबजारमा पनि पर्यो। यद्यपि, अहिले सबै अवस्था सामान्य भइसकेको छ।

यसै बीच, अमेरिकी साइबर सेक्यूरिटी कम्पनी क्राउडस्ट्राइकलाई ठूलो झट्का लागेको छ। शुक्रबार कम्पनीको शेयरमा ११ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।

 

८.८ बिलियन डलरको नोक्सानी

आउटेजभन्दा पहिला क्राउडस्ट्राइकको मार्केट क्याप ८३ बिलियन डलर थियो। तर सो अपडेटका कारण कम्पनीको मार्केट क्यापमा भारी गिरावट देखिएको छ। एकै दिनमा कम्पनीको मार्केट क्याप ८.८ बिलियन डलर घट्यो। यो कम्पनीको विश्वभर सबैभन्दा लोकप्रिय साइबर सेक्यूरिटी प्रोभाइडरमध्ये एक हो, जसको विश्वभरमा करिब ३० हजार ग्राहक छन्।

ग्राहक तथा लगानीकर्ताको घट्नसक्छ भरोसा

सो कम्पनी आफ्नो ग्रोथ र उच्च मार्जिनका कारण लगानीकर्ताहरुबीच लोकप्रिय छ। शुक्रबारको गिरावटभन्दा अघि, कम्पनी स्टक पछिल्लो वर्षको तुलनामा दोब्बर मूल्यमा कारोबार भइरहेको थियो। तर, अब सो घटनाका कारण ग्राहक र लगानीकर्ताहरुको कम्पनीमाथि आफ्नो निर्भरताका विषयमा विचार गर्नुपर्ने देखिएको छ। यसको फाइदा पालो अल्टो नेटवर्कस जस्ता प्रतिस्पर्धीहरुले उठाउन सक्नेछन्, जसका कारण शुक्रबार सो कम्पनीको शेयरमूल्य १.७ प्रतिशतसम्म वृद्धि देखिएको थियो।

अब के हुन्छ यसको असर?

वेडबुश सेक्यूरिटीजका विश्लेषक ड्यान इवेसले क्राउडस्ट्राइकका लागि एक ठूलो क्षति हो र स्टकमा यसको दबाब पर्छ, तर, सो घटना प्राविधिक अपडेटका कारण भएको हो, कुनै साइबर सुरक्षा खतरा या ह्याकका कारण भएको होइन। उनका अनुसार जुन भएको भए ‘अधिक चिन्ताजनक’ हुन्थ्यो। जेपी मोर्गनका विश्लेषकले शुरुवातमा ग्राहकलाई समस्या भएको थियो तर पछि स्थिति सामान्य हुनेछ। तर, अहिले कम्पनीको शेयरको अन्तिम मूल्य ३०४.९६ डलर छ।

(अनुवादित)




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।