सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने १८ जनाको विवरण सार्वजनिक

Jul 24, 2024 01:11 PM Merolagani



बुधबार बिहान भएकाे सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाएका छन् ।विमानमा सवार १९ जनामध्ये एक जना मात्र जिवित रहेका छन् ।

सवारमध्येका पाइलट मनिषरत्न शाक्य जिवितै उद्दार गरिएका छन्। उनकाे केएमसी अस्पतालमा उपचार भइरहेकाे छ ।

यससँगै, उक्त विमानमा रहेका यात्रुहरुको विवरण सार्वजनिक गरिएकाे छ । उक्त विमानका काेपाइलट सुशान्त कटुवालकाे पनि दुर्घटनामा परी निधन भएकाे छ । यात्रुहरूमा अमित मान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनु राज शर्मा, अश्विन निराैला, सुदिप लाल जाेशी, सर्वेश मरासैन, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, आधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पाैडेल, सन्ताेषी महताे, पुण्य रत्न शाही र यमनका आरिफ रेडा रहेका छन् । विमानमा सवार सबै जना साैर्य एयरलाइन्सकै कर्मचारी रहेका छन् । यीमध्ये १८ जनाकाे शव संकलन भइसकेकाे छ।

खासगरी, दुर्घटनाग्रस्त विमान इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेकाे थियाे । आज बिहान ११ बजेर ११ मिनेटमा धावनमार्गमा उड्दा उक्त विमान बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटना भएकाे थियो । विमानमा लागेकाे आगो करिब पाैने १२ बजे मात्र नियन्त्रणमा आएको थियो ।

यस विमानकाे इन्जिनको सम्पूर्ण मर्मतसम्भारका लागि पाेखरास्थित ह्यांगरमा एक महिना राख्ने याेजना रहेकाे थियाे ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।