मन्त्रिपरिषद् बैठकले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने

Jul 25, 2024 03:34 PM Merolagani



मन्त्रिपरिषद् बैठकले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने भएकाे छ । बिहीबार बस्ने बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।

भारतमा हाल शंकर शर्मा र चीनमा विष्णुपुकार श्रेष्ठ राजदूत रहेका छन् । पछिल्लो सहमतिअनुसार सत्तारुढ दल कांग्रेसको भागमा भारतको राजदूत परेकाले शर्मालाई नै निरन्तरता दिनसक्ने बुझिएको छ ।

यसैगरी, चीनमा भने माओवादी कोटाबाट राजदूत बनेका श्रेष्ठलाई फिर्ता बोलाएर एमालेबाट सिफारिस गर्ने तयारी रहेको बुझिएको छ ।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।