विमान दुर्घटनामा एक मात्र जिवित पाइलटलाई सकुशल उद्धार गर्ने पाँच प्रहरी पुरस्कृत

Jul 26, 2024 01:02 PM Merolagani



सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एक मात्र जिवित पाइलटलाई सकुशल उद्धार गर्ने पाँच जना प्रहरी पुरस्कृत भएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल भएका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएकाे हाे ।

प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेकाे हाे । पुरस्कृत हुनेमा प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी रहेका छन् ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको नाइनएन-एएमईरसिआरजे२०० कल साइनको विमान दुर्घटनामा परेको थियो। उक्त विमान धावनमार्गमा उड्दा बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटना भएकाे थियो । विमानमा लागेकाे आगो करिब पाैने १२ बजे मात्र नियन्त्रणमा आएको थियो । विमान दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाए भने विमानमा सवार एक जना क्याप्टेन मात्र जिवित रहेका छन् ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।