न्यादी हाइड्रोपावरको नोक्सानी घट्यो

Jul 28, 2024 10:55 AM Merolagani



न्यादी हाइड्रोपावर (NYADI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनी १६ करोड ६६ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २० करोड ९३ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी र खुद सञ्चालन मुनाफा सामान्य बढेसँगै कम्पनीको नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ०.०७ प्रतिशत बढेको छ भने खुद सञ्चालन मुनाफा ६.२३ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २.९६ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ११ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६६ रुपैयाँ २ पैसा रहेको छ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ५० करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।