शेयर बजारमा भएको कारोबारको ८० प्रतिशत रकम बजारमै घुम्दै, शेयर बजारको पैसा शेयर बजारमै घुम्नुले के अर्थ राख्छ ?

Jul 30, 2024 06:04 AM merolagani



सुवास निरौला

आइतबार दोस्रो बजारमा १९ अर्ब ५० करोड रुपैयाँको शेयर किनबेच भयो। जुन झन्डै तीन वर्ष अघिको जत्तिकै कारोबार हो। यस अघि २०७८ भदौ तीन गते २० अर्ब ४९ करोडको शेयर किनबेच भएको थियो। त्यस यता सोमबार भएको कारोबार नै बढी हो।

जतिबेला दोस्रो बजारमा सर्वाधिक कारोबार भएको थियो। त्यस बेला सूचक सर्वाधिक अंकको उचाइतर्फ लम्किदो क्रममा रहेको थियो। अहिले पनि शेयर बजारले यस अघिको रेकर्ड ब्रेक गर्ने प्रयास गरिरहेको छ। मौद्रिक नीति पछि शेयर बजार बढेकोले गर्दा पनि बजारले यस पटक पुन नयाँ रकेर्ड बनाउन खोजे जस्तो देखिन्छ। किनकी गएको पाँच वर्षमा मौद्रिक नीति पछि दोस्रो पटक शेयर बजार बढेको हो। यस अघि आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति पछि शेयर बजार बढेको थियो। त्यस बेला गभर्नर महाप्रसाद अधिकारिले पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरेका थिए। त्यस बेला पनि अहिले जस्तै लचक मौद्रिक नीति आएको थियो। त्यसको प्रभाव अर्को वर्षसम्म रहेको थियो। यस पटक पनि लचक मौद्रिक नीति आएको छ। जसको प्रभाव देखिन बाँकी नै छ। जसले गर्दा शेयर बजारले आउने वर्षसम्म अर्को नयाँ रेकर्ड कायम गर्ने सम्भावना देखिन्छ।

त्यसको लागि अहिले दैनिक हुँदै गरेको कारोबार रकम र काराेबार कित्ता दुबैले सहयोग गर्दै आइरहेका छन्। सोमबार मात्रै दोस्रो बजारमा अहिलेसम्मकै सर्वाधिक शेयर कित्ताको कारोबार भयो। सोमबार ४ करोड ७७ लाख कित्ता शेयर किनबेच भए। यस अघि ४ करोड ११ कित्तासम्म कारोबार भएको थियो। यस अघिको बुलमा भने ३ करोड २४ लाख कित्तासम्म मात्रै शेयर कारोबार भएको थियो। यस पटक ४ करोड ७७ लाख कित्ता शेयर कारोबार हुनुले दोस्रो बजारको साइज बढ्दै गएको र बजारमा शेयरको माग नघटेको जनाउ हो।

एकातर्फ शेयर बजारमा माग बढ्दै जानु र अर्को तर्फ शेयर बजारको पैसा शेयर बजारमा मात्रै घुमिहरनुले पनि दोस्रो बजारका लगानीकर्ताले अझै शेयर बढ्छ भन्ने अनुमान गरिरहेको बुझिन्छ। एक ब्रोकरका अनुसार अहिले दैनिक कारोबार भएको ८० प्रतिशत रकम बजारमै घुमिहरेको छ। २० प्रतिशत मात्रै बजार भन्दा बाहिर गइरहेको छ। “अहिले दोस्रो बजारमा कारोबार भएको ८० प्रतिशत रकम बजार मै आइरहेको छ। २० प्रतिशत रकम मात्रै बाहिरिएको देखिन्छ। अहिले लगानीकर्ताले एउटा कम्पनीको शेयर बिक्री गरेर आएकाे पैसाले अर्को कम्पनीको शेयर खरिद गरिरहेका छन्। धेरै जसो रकम स्कृप्ट चेन्ज गर्नमा खर्च भएको देखिन्छ,” ति ब्रोकरले भने।

शेयर बजारको पैसा शेयर बजारमा नै घुक्नुले लगानीकर्तामा अझै शेयर बजार बढ्छ भन्ने नै देखिन्छ। जसले आउने दिनमा कारोबार रकम थप बढ्दै जाने देखिन्छ। किनकि दोस्रो बजार जति बढ्दै जान्छ। त्यति नै शेयरको मूल्य समेत बढ्दै जान्छन्। जसले कारोबार रकम समेत बढाउदै लैजान्छ। जसले गर्दा यस अघिको सर्वाधिक कारोबार रकमको रेकर्ड छिट्टै ब्रेक हुन सक्ने अनुमान ति ब्रोकरको छ।

 ति ब्रोकरका अनुसार अझै पनि दोस्रो बजारमा पर्याप्त नयाँ लगानीकर्ता आइसकेका छैनन्। अहिले जति पनि कारोबार भइरहेको छ। त्यसमा ८० प्रतिशत लगानीकर्ता नियमित कारोबारी नै छन्। नियमित कारोबारीले नै अहिलेको बिन्दुसम्म बजार धकेलेका हुन्। यस भन्दा अझै बजारलाई माथि धकेल्न नयाँ लगानीकर्ताको प्रबेश आवस्यक छ। बढ्दै गएको बजारमा एक लेभलसम्म नियमित कारोबारीले धकेल्ने गर्छन् भने त्यस पछि माथि धकेल्ने जिम्मा नयाँ लगानीकर्ताको हुन्छ। जुन आउन बाँकी नै रहेको छ। उनीहरुको प्रबेश पछि बजारमा थप कारोबार रकम बढ्नुको साथै सूचकले समेत नयाँ उचाइ लिने अनुमान गर्न सकिन्छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।