शुभ लक्ष्मी कोषको प्रतिफल घोषणा

Jul 30, 2024 10:50 AM Merolagani



लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, शुभ लक्ष्मी कोष (SLK) ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

कोषले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १४ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ कोषले साउन १५ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ। यस अनुसार हिजो अर्थात साउन १४ गतेसम्म कायम रहेका इकाईधनीहरुले, कोषले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन्। पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन २१ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले बताएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।