विद्युत बिक्री आम्दानी घटेपछि दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी बढ्यो

Aug 01, 2024 08:27 AM Merolagani



दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ३ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ३ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ६० लाख रुपैयाँबाट घटेर ८ करोड ८ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ८ करोड ६१ लाख रुपैयाँबाट घटेर ८ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ भने कुल नाफा ८ करोड १८ लाख रुपैयाँबाट घटेर ७ करोड ३६ लाख रुपैयाँमा झरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७ रुपैयाँ ८२ पैसा रहेको छ।

२६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २९ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।