आन्तरिक राजस्व विभागको 'व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाईने' निर्देशनको पालना गर्न इसेवाको अपिल

Aug 01, 2024 05:13 PM Merolagani



इसेवाले आफ्ना प्रयोगकर्ताहरुलाई पनि आफ्नो व्यापार तथा व्यवसायको भुक्तानी आफ्नो व्यक्तिगत इसेवा खातामा जम्मा नगर्न अनुरोध गरेकाे छ । नेपाल सरकारको निर्देशन अनुसार आफ्नो व्यापार-व्यवसायमा भुक्तानी लिनको लागि इसेवा मर्चेन्ट बन्न इसेवाले अपिल समेत गरेकाे छ।

नेपाल सरकारको आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियमको कडा रुपमा पालना गर्न आन्तरिक राजस्व विभागको करदाता शाखाको निर्देशन रहेको छ । निर्देशन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन ।

जारी आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित 'व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था' बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्यूआर मार्फत गर्न प्रोत्साहनका लागि यही अगस्ट १, २०२४ देखि इसेवाको सेण्ड मनी(Send Money)सेवा प्रयोग गर्दा शुल्क लाग्नेछ । कारोबार दिनमा ३ पटक गरि महिनामा ३० पटकसम्म नि:शुल्क रहनेछ, साथै १०० रूपैयाँ मुनिका सबै सेण्ड मनी कारोबार निःशुल्क रहनेछन् । यो बाहेकका सबै Send Money कारोबारमा प्रति कारोबार १० रूपैयाँ सेवा शुल्क लागू हुनेछ ।

भुक्तानी सेवा प्रदायक कम्पनी व्यापार व्यवसायमा भुक्तानी कारोबारलाई सहजीकरण गर्न मर्चेन्ट बनेर भुक्तानी रकमको निम्ति आफ्नो व्यवसायिक खाताको प्रयोग गर्न इसेवाले सुझाव दिनका साथसाथै सो कार्य सम्भव गर्न हरबखत तयार रहेको पनि जानकारी दिएकाे छ।

आफ्नो व्यापार व्यवसायमा भुक्तानी लिन इसेवाको प्रयोग गर्न आजै इसेवा मर्चेन्ट बनी इसेवा मर्चेन्ट खाता खोल्न इसेवाले अनुराेध गरेकाे छ । व्यावसायिक खातामा क्यू आर तथा अन्य कुनै माध्यमबाट रकम भुक्तानी गर्दा कुनै पनि प्रकारको शुल्क लाग्दैन । नेपाल सरकारको यो निर्देशनको कडा रुपमा पालना गरी आफ्नो व्यापार-व्यवसायमा भुक्तानी लिनको लागि आजै इसेवा मर्चेन्ट बन्न इसेवाले अपिल गरेकाे छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।