गत साता करिब साढे ७ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Aug 05, 2024 06:01 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे ७ प्रतिशत बढेको छ। अघिल्लो साता २५६८.१३ विन्दुमा बन्द भएको नेप्से, गत साता ७.३० प्रतिशत अर्थात १८७.४९ अंक बढेर २७५५.६२ विन्दुमा पुगेको छ।

गत साता नेप्से २८०० विन्दु छोएर फर्किएको हो। साताको अन्तिम कारोबार दिन इन्ट्रा डेमा नेप्से २८०५ विन्दुसम्म पुगेको थियो। यद्यपि, अन्तिम समयमा भने घटेर बन्द भएको थियो।

 

५ कारोबार दिनमध्ये गत साता ३ कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन सामान्य करेक्सन भएको थियो। गत साताको पहिलो कारोबार दिन ने नेप्से ११३ अंक बढेको थियो।

प्रतिरोध परीक्षणमा

गत साता नेप्से परिसूचक २६६० देखि २७२० को प्रतिरोध क्षेत्र परीक्षणमा देखिएको छ। साताको अन्तिम दुई कारोबार दिन नेप्से सो क्षेत्रभन्दा माथि बन्द भएपछि सो क्षेत्रलाई तोडिएको कन्फरमेसन भने देखिएको छैन। यस साता पनि नेप्से सो क्षेत्रभन्दा माथि बन्द भएमा सो क्षेत्र आगामी दिनको लागि टेवा क्षेत्र बन्नेछ। आगामी दिनमा नेप्से उकालो लागेमा २९३० देखि २९९० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले लामो टुप्पी भएको रातो मैनबत्ती बनाएको छ। यसले सुरुमा बजार बढेपनि अन्तिम समयमा भने बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १९ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १२ अर्ब ५९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ५२.९७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, यी दुबै रेखा र हिस्टोग्राम सबै सकारात्मक क्षेत्रमा रहेको छ। यसले बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने हिस्टोग्रामको उचाई घटेको छ।

खरिदचाप बढी

गत साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से ओभरबट जोनमा रहेको छ। यसले गत साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।