लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डले कहिले गर्दैछन् बुकक्लोज?

Aug 08, 2024 09:04 AM Merolagani



लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष (LUK) र लक्ष्मी भ्यालु फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लेज मिति तय गरेका छन्। यी दुबै फण्डहरुले साउन ३१ गते बुकक्लोज गर्ने भएका छन्।

 

यस अनुसार साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको गत साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को लागि ‘लक्ष्मी उन्नती कोष’ का इकाईधनीहरुलाई कर सहित ७.५ प्रतिशत प्रतिफल र ‘लक्ष्मी भ्यालु फण्ड २’ (LVF2) का इकाईधनीहरुलाई कर सहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।