खर्च बढेपछि सिईडिबि हाइड्रोपावरको नाफा घट्यो

Aug 14, 2024 04:01 AM Merolagani



सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (CHDC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र कमिशन आम्दानी १९.०४ प्रतिशत घटेको छ। तर, कम्पनीको प्रशासनिक खर्च र कुल खर्च क्रमशः १२४.२४ प्रतिशत र ११९.२० प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसा घटेर ८ रुपैयाँ ८० पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात १३१.६६ गुणा रहेको छ।

९३ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड २७ लाख रुपैयाँ सञ्चित छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।