गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १३ करोड ६५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.३१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी २५ करोड ९१ लाख रुपैयाँ थियो।
सञ्चालन आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने थोरै बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ०.३० प्रतिशत बढेर ६ करोड २६ लाख रुपैयाँ पुगेको छ। वित्तीय खर्च घट्दा कम्पनीको नाफा थोरै बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल खर्च ५.५७ प्रतिशत बढेको छ भने वित्तीय खर्च १४.९४ प्रतिशत घटेको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २२ पैसा घटेर २ रुपैयाँ २९ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३१.९२ गुणा रहेको छ।
१ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३१ करोड १२ लाख रुपैयाँ रहेको छ।
