नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

Aug 10, 2025 10:32 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशत बढी हो।

कोषको आम्दानी बढेको र खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.७५ प्रतिशत घटेको छ भने सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशत बढेको छ। त्यस्तै, कोषको कुल आमदानी ८.९६ प्रतिशत बढेको छ भने खर्च ६.७७ प्रतिशत घटेको छ।

नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कोषको मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ।्
६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।