अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत असार मसान्तसम्म आइपुग्दा ७ करोड ७६ लाख रुपैयाँ खुद घाटा व्यहोर्नुपरेको छ। मुख्यतया लगानीको मूल्यमा आएको ठूलो गिरावट र कुल आम्दानीमा भारी संकुचन आएका कारण कम्पनी घाटामा गएको हो।
वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ५०.९० प्रतिशत बढेको छ भने कुल आम्दानी ९८.५१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको खर्च समीक्षा अवधिमा ३२.४३ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ २३ पैसा रहेको छ।
कम्पनीले जलविद्युत, पूर्वाधार तथा विविध उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरे तापनि बजारको उतारचढाव र वित्तीय असन्तुलनले कार्यसम्पादन प्रभावित बनेको जनाएको छ। विशेष गरी कम्पनीले लगानी गरेको ६ वटा जलविद्युत आयोजनामध्ये ५ वटा जलविद्युत सञ्चालनमा आइसकेका छन् भने तत्कालै लगानी गरिएकाे अपर म्याग्दि जलविद्युत (५३.५ मेगावाट) आयाेजनाकाे ५१ प्रतिशत काम भइसकेकाे छ भने २०२७ काे मार्च ५ सम्म व्यवसायी उत्पादनमा आउने लक्ष्य लिएकाे छ।
