नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा गिरावट, निष्कृय कर्जा शून्य नजिक

Jul 23, 2026 07:09 AM Merolagani



पूर्वाधार विकास बैंकका रूपमा सञ्चालित नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा व्यावसायिक दायरा विस्तार गरे पनि खुद नाफा र प्रति शेयर आम्दानीमा संकुचन बेहोरेको छ। ब्याज खर्चमा भएको वृद्धि र खुद ब्याज आम्दानीमा आएको गिरावटले बैंकको नाफा प्रभावित भएको देखिन्छ।

गत असार मसान्तसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१ अर्ब २३ करोड ४० लाख) तुलनामा १९.९८ प्रतिशतको गिरावट हो।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ९० करोड रहेको बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २३.८९ प्रतिशत घटेर १ अर्ब ४४ करोडमा सीमित भएको छ। निक्षेप र ऋण उपकरणको लागत बढ्दा बैंकको ब्याज खर्च ५६ करोड ९१ लाख रुपैयाँबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

बैंकले गत आर्थिक वर्ष २१ करोड २७ लाख बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भएकाले नाफामा थप ठूलो गिरावट हुनबाट जोगिएको छ।

ग्राहक तथा पूर्वाधार आयोजनाहरूमा प्रवाह भएको कर्जा २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। बैंकले कुल ५६ अर्ब १३ करोड रुपैयाँ कर्जा स्वीकृत गरिसकेको र आयोजनाको प्रगति अनुसार रकम निकासा हुँदै जाने जनाएको छ। बैंकको निक्षेप सङ्कलन ७ अर्ब ६८ करोड रुपैयाँबाट सामान्य बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ कायम रहेको छ। बैंकको सबैभन्दा बलियो पक्ष यसको कर्जाको गुणस्तर हो। बैंकको निष्क्रिय कर्जा शून्य प्रतिशत रहेको छ, जुन समग्र बैंकिङ क्षेत्रकै लागि उदाहरणीय हो। बैंकको कस्ट अफ फन्ड्स ६.५१ प्रतिशतबाट घटेर ६.४६ प्रतिशतमा झरेको छ।त्यस्तै, बेस रेट ६.९७ प्रतिशतबाट घटेर ६.७७ प्रतिशत (अन्तिम ३ महिनाको औसत ६.७६ प्रतिशत) कायम भएको छ। बैंकको सिडी रेशियो ७९.९२ प्रतिशत रहेको छ।




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।