तिब्र उतारचढावका बीच २ अंक बढेर बन्द भयो नेप्से, कारोबार रकम ह्वातै घट्नुले के संकेत गर्छ?

Aug 21, 2024 03:30 PM Merolagani



बुधबार तिब्र उतारचढावका बीच नेप्से सूचक २ अंकले बढेर बन्द भएको छ। बुधबार कारोबार अवधिभर बजारमा तिब्र उतारचढाव देखियो। बुधबार दिनभर नै नेप्से सूचक २९५० र ३००० विन्दुको बीचमा नै रह्यो।

बुधबार नेप्से सूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेको छ। बुधबार पनि केहि कम्पनीहरुमा नाफा बुकिङले गर्दा बजारमा केहि बिक्री चाप बढेको थियो। तर बजारमा खरिदकर्ता पनि उतिकै सक्रिय भइरहेका छन्।

तिब्र उतारचढाव भएको बजारमा पनि बुधबार कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा निकै घटेको देखिन्छ। बुधबार १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबरको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर खरिदबिक्री भएको छ। केहि दिन अघि मात्रै ३० अर्ब माथिको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम ह्वातै घटेको छ। लगानीकर्ता पर्ख र हेरको अवस्थमा रहँदा कारोबार रकम घटेको हो।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.९९ प्रतिशतले बढेको छ भने ब्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ।

बुधबार ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ५ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यता कर्णली डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मातृभूमी लघुवित्तको ५.९८ प्रतिशत र सम्पदा लघुवित्तको ५.४८ प्रतिशतले घटेको छ।

बुधबार पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको ४५ करोड ७८ लाख, एभरेष्ट बैंकको ४५ करोड ९ लाख र सानिमा हाइड्रोपावरको ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।