सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 22, 2024 06:36 AM Merolagani



भदौ ६ गते, बिहीबार, सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) र सनराइज फोकस्ड इक्विटी फण्डको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुई फण्डहरुले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात भदौ ७ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

सनराइज म्युचुअल फण्ड अन्गर्तत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित १२.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो भने सनराइज फोकस्ड इक्विटी फण्ड (SFEF) ले कर सहित ४.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

यी दुबै फण्डका योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।