सामाजिक सञ्जालमा निकै भाइरल बनेकाे नङभन्दा पनि सानो भ्याकुम क्लिनरले यसरी बनायाे विश्व कीर्तिमान

Sep 12, 2024 02:38 PM Merolagani



तपाईंले घर, अफिस वा अन्य ठाउँमा भ्याकुम क्लिनर देख्नु भएको नै होला। के तपाईंलाई थाहा छ संसारको सबैभन्दा सानो भ्याकुम क्लिनर नङभन्दा पनि सानो छ? आज हामी तपाईंलाई यस्तै एउटा भ्याकुम क्लिनरको बारेमा हामी बताउन गइरहेका छौं। 

यसको साइज ०.६५ सेन्टिमिटर (०.२५ इन्च) हो  । याे मानिसकाे औंलाकाे नङभन्दा सानो छ । तपाला नदामुनी नामका २३ वर्षीय भारतीयले संसारकै सबैभन्दा सानो भ्याकुम क्लिनर बनाएका हुन् । यो भ्याकुम क्लिनर गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको छ । उनले यो उपाधि एक पटक मात्र नभई दुई पटक हात पारेका छिन् ।

भ्याकुम क्लिनर कतिकाे सानो छ?

नदामुनीले बनाएकाे नयाँ भ्याकुम क्लिनर मात्र ०.६५ सेन्टिमिटर (०.२५ इन्च)काे रहेकाे छ जुन मानव औंलाको नङभन्दा सानो छ।  सन् २०२२ मा बनाइएको यो डिभाइस अघिल्लो रेकर्डभन्दा ०.२ सेन्टिमिटर सानो छ। गिनिज वल्र्ड रेकर्ड्स (GWR)का अनुसार भ्याकुम क्लिनरले यसको शरीरको सबैभन्दा सानो भागबाट मात्र मापन गरिन्छ र यसमा ह्यान्डल वा पावर कर्ड समावेश हुँदैन।

सन् २०२०मा पनि कीर्तिमान

सन् २०२० मा पनि नदामुनीले १.७६ सेन्टिमीटरको भ्याकुम क्लिनर बनाएका थिए । जब कीर्तिमान तोडियो, उनले फेरि रेकर्ड राख्ने प्रयास गरे। त्यसपछि, उनीद्वारा दुई पटक असफल प्रयास गरियो । तर उनले फेरि नयाँ डिजाइन तयार गरे । यस डिजाइनमा उनको डिभाइसले मापदण्ड पूरा गर्नका लागि ५० भन्दा बढी डिजाइनहरू तयार पारिएकाे थियाे ।

सामाजिक सञ्जालमा चर्चा

नदामुनीले यसलाई फिर्ता ल्याउन कडा मेहनत गरे । सन् २०२४मा नयाँ डिजाइनको साथ रेकर्डमा पुनः कब्जा गरे। यसपटक उनले कलमभन्दा सानो भ्याकुम क्लिनर तयार गरेका छन्। उनको यो अचम्मको कामले सामाजिक सञ्जालमा निकै चर्चा कमाएकाे छ ।

भ्याकुम क्लिनर के हो?

गिनिज वल्र्ड रेकर्डका अनुसार भ्याकुम क्लिनर एक विद्युतीय उपकरण हो। यो एक विशिष्ट प्रणालीमा काम गर्दछ। यसमा मोटरको सहायताले हावाको चाप बनाइन्छ। साेहि समयमा यसले धुलो र फोहोर उठाउँछ।

एजेन्सी ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।