कार्यक्रममा पाँच दिनको करिअर ग्रुमिङ सत्रहरू समेत आयोजना गरिएको थियाे । जसमा बायोडाटा लेखन, अन्तरवार्ता सामना गर्ने कौशल, रोजगार बजारको परदिृश्य बुझ्न र अन्य रोजगारसम्बन्धी सीप बृद्धि कार्यक्रमहरू समावेश रहेको रोजगार मेलाका संयोजक राजु टण्डनले जानकारी दिए ।
मेलामा नेपालका ३० वटा कम्पनीहरू र भारतका चार वटा कम्पनीहरू सहभागी भएका थिए । यी कम्पनीहरूले निर्माण, प्रविधि, सेवा, व्यापार, कर्पोरेट घराना र ई-कमर्स जस्ता विभिन्न क्षेत्रहरूको प्रतनिधित्वि गर्दै कलेजका विद्यार्थीहरूलाई क्याम्पसमा रोजगारी र करियर अवसरहरू प्रदान गरेका थिए ।
कार्यक्रममा करिब २५० विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने करिब ५६० भन्दा बढी वास्तविक समयमा अन्तरवार्ता सम्पन्न गरिएको थियाे ।
रोजगार मेला आयोजनाले उद्योग र शैक्षिक संस्थाबीचको समन्वयलाई सुदृढ पार्ने एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको आयोजक पक्षको भनाई छ । मेलाले विधार्थीहरूलाई करियर, इन्टर्नशिप र रोजगारीका अवसरहरू प्राप्त गर्न उत्कृष्ट अवसर प्रदान गरेको तथा यो कलेज र जब्स डाइनामक्सि प्रा.लि.द्वारा गरिएको एक महत्वपूर्ण पहल भएको राजु टण्डनले बताए ।